arrow

विश्वकप छनोट फुटबलः रुसको टिकट काट्ने सबै टिमको टुंगो, पेरु अन्तिम 

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
nz-peru.jpg

काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट हुने सबै ३२ टिमको टुंगो लागेको छ । 

आयोजक रुससहित ३२ टिमको टुंगो बिहिबार बिहान लागेको हो । अन्तिम छनोट हुने टिम भने पेरु रह्यो । 

अन्तरमहादेशीय प्लेअफमा पेरुले न्युजिल्याण्डलाई हरायो । 

पहिलो लेग गोलरहित बराबरी खेलेको पेरु दोस्रो लेगमा घरेलु मैदानमा बिहिबार बिहान २–० ले विजयी भयो । 

२८ औं मिनेटमा जेफर्सन फार्फान र ६५ औं मिनेटमा क्रिष्टियन गुइलेर्मो रामोसले गोल गर्दै पेरुलाई जिताए । 

पेरुले एग्रिगेसनमा २–० को जित हात पारेको हो । 

यसअघि ३१ राष्ट्र बन्ने क्रममा अष्ट्रेलियाले होन्डुरसलाई हराएको थियो । 

अष्ट्रेलियासंगै एसियाबाट पहिलो पटक फुटबल इतिहासमा पाँच टिम विश्वकपका लागि छानिएका छन् । 

एसियाबाट जापान, दक्षिण कोरिया, ईरान र साउदी अरेबिया पनि छानिएका हुन् । 

Defender Alberto Rodriguez, who is one of Peru's most capped active players, is a key man

New Zealand blitzed their way through qualification in Oceania to reach the play-off

Veteran striker Jefferson Farfan has represented PSV and Schalke during his career

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ