arrow

निर्वाचन प्राधीकरण अध्यक्ष चयन

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
election.jpeg

ट्युनिस । ट्युनिसियाको संसदले मोहम्मद मानश्रीलाई निर्वाचनका लागि स्वतन्त्र उच्चस्तरीय प्राधीकरणको नयाँ अध्यक्षमा चयन गरेको छ । 

संसदमा मङ्गलबार भएको निर्वाचनमा ४३ वर्षीय मानश्रीको पक्षमा ११५ मत परेको जानकारी दिइएको छ । 

अहिलेको संसदमा बहुमत ल्याउनका लागि १०९ मत ल्याउनुपर्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन् । 

ट्युनिसियाको निर्वाचन गराउने निकायका प्रमुखको चयन संसदबाट गर्ने व्यवस्था रहेको छ । 

यसअघिका अध्यक्ष चाफिक सर्सारले राजीनामा दिएपछि गत मेदेखि सो पद खाली नै रहेको थियो । 

नयाँ अध्यक्ष मानश्री गत जनवरीमा प्राधीकरणको सदस्यका रूपमा निर्वाचित भएका थिए । उनी व्यवसायीक वकिल हुन् भने उनका तीन जना छोराछोरी छन् । 

नवनिर्वाचित अध्यक्षलाई आउँदो नगर निर्वाचन सम्पन्न गराउने ठूलो चुनौती रहेको छ । आउँदो सन् २०१८ को मार्च २५ तारिखका दिन निर्वाचन गराउने तय भइसकेको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ