arrow

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा, स्वागतमा हजारौंको उपस्थिती

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
deuba_dadendhura.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आफ्नो गृहजिल्ला डडेल्धुरा पुगेका छन् । कात्तिक २८ गतेदेखि सुरु भएको सुदूरपश्चिम भ्रमणको तेस्रो दिन देउवा गृहजिल्ला पुग्दा उनलाई जिल्लावासीले भव्य रुपमा स्वागत गरेका छन् । 

कात्तिक २८ गते नेपालगञ्जबाट सुरु भएको देउवाको सुदूरपश्चिम भ्रमणको पहिलो दिन नेपालगञ्जमा सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्दै सम्पन्न भएको थियो। सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री देउवाले बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाटसँगै उनीले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गरेका थिए। 

उनी बिहीबार दिउँसो गृहजिल्ला डडेल्धुरा आईपुगेका हुन् । उनी गृहजिल्ला प्रवेश गरेसँगै उनलाई हजारौं डडेल्धुराबासीले उनको स्वागत गरेका थिए । राष्ट्रिय राजनीतिमा धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले चुनावको मनोनयनको दिन पनि जिल्ला नगएर वारेस मार्फत् उम्मेदवारी दर्ता गराएका देउवालाई अहिले जाँदा हजारौं डडेल्धुराबासीले उत्सुक भएर स्वागत गरेका थिए । 

Image may contain: one or more people and crowd



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ