arrow

यु–१९ क्रिकेट : पाकिस्तान फाइनलमा, अफगानिस्तानलाई जिते नेपालको भेट हुने

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
pakistan_u-19.JPG

काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । डर्क वर्थ लुइस (डिएल) मेथर्डको आधारमा पाकिस्तान २ रनले विजयी भएको हो ।

२७५ रनको लक्ष्य पछ्याएर व्याटिङ गरिहरेको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि पाकिस्तान डिएल मेथर्डको आधारमा विजेता घोषित भयो ।  

पाकिस्तानले अब नेपाल र अफगानिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पिनाक घोषको ८२ रन मद्दतमा ६ विकेट गुमाएर २७४ रन बनायो । यस्तै, अफिफ होसनेले नटआउट ५२ रन जोडे । पाकिस्तानका लागि मुनिर रियाजले ३ विकेट लिए ।

२ सय ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले कमजोर शुरुवात गरेपनि मुहम्मद तहाले ९२ रन बनाएपछि गतिलो जवाफ फर्कायो ।

पाकिस्तानले ५१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । चौथो विकेटका लागि तहाले रोहल नजिरसँग ६९ तथा पाँचौ विकेटका लागि साद खानसँग ७७ रनको साझेदारी गरे । नजिरले २६ रन बनाए । साद खान ३५ रनमा अविजित रहे । बंगलादेशका लागि क्वाजी ओनिक इस्लामले २ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेल शुक्रबार हुँदैछ । दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तान भिड्दै छन् । उपाधि भिडन्त आइतबार हुँदैछ । पाकिस्तानसँग नेपाल तथा अफगानिस्तानबीचको विजेताले उपाधिका लागि खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ