arrow

यु–१९ क्रिकेट : अफगानिस्तानलाई हराए नेपाललाई अर्को इतिहास रच्ने मौका

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Nepal-u-19-cricket.jpg.jpeg

काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनल पुगेको नेपाली युवा टोलीको शुक्रबार अग्नि परीक्षा हुँदै छ ।

शुक्रबार मलेसियाको किनरारा मैदानमा नेपाल र अफगानिस्तान आमुन्ने–सामुन्ने हुने छन् । यो मेमिफाइनल जित्ने दुवैले नयाँ इतिहास बनाउने छन् । विजेता टोली पहिलो पटक फाइनल पुग्ने छ । नेपाल र अपगानिस्तान दुवै अहिलेसम्म १९ वर्षमुनिको एसिया कपको फाइनल पुग्न सकेका छैनन् । यो खेल दुवैका लागि उत्तिकै अवसर हुनेछ ।

नेपाल र अफगानिस्तानको युवा टोलीको भेट सिंगापुरमा भएको विश्वकप छनोटमा भएको थियो । नेपालले अफगानिस्तानविरुद्ध त्यति राम्रो खेल्न सकेका छैन । 

नेपाल र अफगानिस्तान १९ वर्षमुनिको प्रतियोगितामा ९ पटक आमुन्ने–सामुन्ने भएका छन् । जसमा नेपाल ३ तथा अफगानिस्तान ६ पटक विजयी भएको विवरण छ । अफगानिस्तानसँग भएका कुनै पनि प्रतियोगितामा नेपाल सन् २०११ यता विजयी हुन सकेको छैन ।

टेष्ट मान्यता प्राप्त भारतलाई पहिलो पटक हराएर इतिहास रचेको नेपालले अफगानिस्तानलाई हराए १९ वर्ष मुनिको एसिया कपको फाइनल पुगेको नयाँ इतिहास रच्ने छ । अफगानिस्तानलाई जिते नेपालकाे उपाधि भेट पाकिस्तानसँग हुने छ ।

१९ वर्ष मुनिको एसीसी एलिट कप (हेड टु हेड)
२००७ : नेपाल ४८ रनले विजयी
२००९ : नेपाल ६ विकेटले पराजित
२०११ : समूह चरणमा नेपाल ६ विकेटले विजयी । फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

१९ वर्षमुनिको एसीसी प्रिमियर लिग (हेड टु हेड)
२०१४ : अफगानिस्तान ५ विकेटले विजयी
२०१५ : अफगानिस्तान १० विकेटले विजयी

१९ वर्ष मुनिकै आइसीसी वर्ल्ड कप क्वालिफायर (हेड टु हेड)
२०११ : नेपाल ४२ रनले विजयी
२०१७  : पहिलोमा नेपाल १४२ रनले पराजित,
दोस्रोमा : ९६ रनले पराजित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ