arrow

गोरखामा नारायणकाजीलाई पनि ताकियो बम 

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Narayan_k_Shrestha.jpeg

गोरखा । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बिष्फोट गराइएको छ । बिष्फोटले क्षति भने भएको छैन । गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै श्रेष्ठको चुनावी अभियानलाई अवरोध गर्न खोजिएको हो । 

वाम गठबन्धनको चुनावी प्रचारमा एमाले नेता विकलकुमार श्रेष्ठ समेत हि‌ंडेका थिए । बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा विष्फोट भएको हो ।

वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्कीसँगै थिए । नहर्कीले आफ्नो गाडी नजिकै बम विष्फोट भएको बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ