arrow

खगेन्द्र संग्रौला लेख्छन् 'प्रचण्ड नाङ्गै नाच्दा कार्यकर्ताले ताली बजाए'  

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्र प्रति तीखो व्यंग्य प्रहार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् माओवादी पार्टी र पार्टीका कार्यकर्ताहरुप्रति तिखो व्यंग्य प्रहार गरेका हुन् । 

विशेषगरी माओवादी निकटका साहित्यकार भनेर चिनिएका उनले पछिल्लो स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक चरित्र र उनका कार्यकर्ताको प्रचण्डप्रतिको समर्थणमाथि तीर प्रहार गरेका हुन् । 

फेसबुकमा उनले लेखेका छन् 'छोरीलाई मेयरनी बनाईछाडे, प्रकाश्या स्वास्नी, प्रकाश्या भेना, प्रकाश्या काका सबैलाई सांसद्को टिकट, यति मात्रै होइन प्रचण्डको खाओवादी केन्द्र प्रा लिको लिष्टमा ल्यारकालहरु अटे लेखनाथ न्यौपाने र हिमाल शर्माहरु अटेनन्, जय ज्वाईँवाद, जय बुहारीवाद । प्रचण्ड नांगै नाच्दापनि ताली बजाउने हनुमानहरुको फौज जो छ । हिजो रुख चढ्न लगाए, आज सूर्यमा हामफाल्न भन्दैछन् । चुँ,,, चुँ,,,, चुँ,,,,, हनुमानहरुको जुनी ।'   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ