arrow

अब सर्वोच्चका न्यायाधीश साढे ९ बजे हाजिर हुनै पर्ने (समय सूचीसहित)

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
suprim_court.JPG

काठमाडौं । सर्वोच्च अदालतमा अब न्यायाधीशहरु साढे ९ बजे नै हाजिर हुनु पर्ने भएको छ । नियमावलीमा भएको व्यवस्था शुक्रबारबाट कार्यान्वयनमा आउन लागेको हो । अरिक्ति समयको इजलास सञ्चालनबारे नियमावलीमै व्यवस्था छ ।  

नियमावलीमा भएको व्यवस्थालाई प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रबारबाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको सर्वोच्चका प्रवक्ता एवं सहरजिष्ट्रार नारायण प्रसाद पन्थीले बताए । उनले भने, ‘हामी कर्मचारी ९ बजे आइरहेकै छौँ । श्रीमान्हरु अब साढे ९ बजे अदालत पुग्नु हुनेछ ।’

न्यायाधीशहरु साढे ९ बजे अदालत पुगेपछि साढे १० बजेसम्म अघिल्लो दिनको आदेश र फैसला हेर्न भ्याउने छन् । साढे १० बजेदेखि इजलास लाग्ने समय तोकिएको प्रवक्ता पन्थीले बताए । १ देखि २ बजेसम्म विश्रामको समय राखिएको छ । यस्तै, अपरान्ह नियमित कार्यालय समय सकिएपछि पनि आधा घन्टासम्म इजलास बस्न सक्ने प्रवक्ता पन्थीले जानकारी दिएका छन्

किन छिट्टै अदालत आउन भनियो ?
प्रवक्ता पन्थीले भनेका छन्, ‘अहिले मुद्दाको चाप बढेको छ । पोहोरको २२ हजार यो असारमा जिम्मेवारी सरेर आएका छन् । त्यो पछि पनि थुप्रै मुद्दा थपिएका छन् ।’

मुद्दा बढ्यो । निकै समय न्यायपरिषद्ले पूर्णता पाएन । न्यायाधीश नियुक्तिमा पनि केही ढिलाई भयो । पन्थीले भने, ‘धेरै पुराना मुद्दा छन् । त्यसलाई समयमै फछ्र्यौट गर्नु पर्ने हुन्छ । पहिलेको जस्तो अहिले अतिरिक्त न्यायाधीश राख्ने व्यवस्था छैन ।’

सर्वोच्चमा अहिले प्रधानन्यायाधीशसहित २० जना मात्रै न्यायाधीश छन् । संविधानले नै २० जना न्यायाधीश र १ प्रधानन्यायाधीश रहने व्यवस्था गरेको र अरिरिक्त न्यायाधीश राख्ने व्यवस्था हटाएको उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ