arrow

कांग्रेसप्रति जनताको आकर्षण, पार्टी प्रवेश गर्नेको लाग्यो ओईरो

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
chetra_no._4_.jpg

वीरगञ्ज । पर्साका विभिन्न क्षेत्रहरुमा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको आईरो लागेको छ । पार्टी प्रवेश कार्यक्रम अन्तर्गत बिहिबार पर्सा जगर्नाथपुर गाउँपालिकाका  पुर्व गाविस अध्यक्ष स्वर्गिय शँकर यादवका छोरा सुवास यादव, पुर्व वडाध्यक्ष जोगेन्द्र यादव, गँगा यादव, सतन यादव लगायत १५० जना सँघीय समाजवादी फोरम नेपाल परित्याग गरी तथा स्थानिय कपिलदेव यादवको नेतृत्वमा ८० जनाले माओवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी हरुलाई पर्सा निर्वाचन क्षेत्र नम्बर ४का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले अबिरको टिका तथा फुलमाला लगाई स्वागत गरे । कांग्रेस बाहेक का पार्टीहरुले मधेश र मधेशीको नाम भजाएर खाने खेति गरेको कुरासँग आफुहरु राम्ररी परिचित भईसकेकोले अब सो भ्रममा नपर्न समेत नवप्रवेशीहरुले मतदाताहरुसँग आग्रह गरेका छन् ।

साथै आसन्न निर्वाचन को परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले क्षेत्र नम्बर ४ को जिराभवानी गाउँपालिका वडा नम्बर ३ को जितपुर, पारासवा, सहजानपुर, वडा नम्बर ४ को हरैया लगायतका ठाउँहरुमा घरदैलो समेत गरेको छ ।

घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार शँकर चौधरी, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी, इमरान आलम, जिवनकृष्ण सापकोटा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ