arrow

काँग्रेसका असन्तुष्टलाई फकाएसँगै यादवको पक्षमा जनलहर बढ्यो

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
pic_of_radhechand_yadav_3.jpg

बारा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रि सदस्य तथा बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार राधेचन्द यादवको पक्षमा जनलहर बढदै गएको छ । गएको स्थानीय तहको चुनावमा काँग्रेस पार्टीबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर असन्तुष्ट बनेर अन्य पार्टीमा गएकाहरुलाई फाकाउन सफल भएपछि नेता यादवको पक्षमा जनलहर बढेको हो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पचरौता नगरपालिकाको गएको स्थानीय तहको निर्वाचनमा एमाले पार्टीबाट प्रमुख पदमा चुनाव लडेका लोकनाथ यादव, सुवर्ण गाउँपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका कैशियर भन्ने राजेन्द्र प्रसाद यादव लगाएतका असन्तुष्ट बनेका धेरै पुराना काँग्रेसका नेता तथा कार्याकर्ताहरुलाई मनाउन यादव सफल भएका बताइएको  छ।

स्थानीय तहको निर्वाचनमा टिकटको विषयमा असन्तुष्ट बनेर अन्य पार्टीमा गएका पुराना कार्यकर्ताहरुलाई काँग्रेसमा फर्काएकोमा प्रतिनिधी सभाको निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसको पाँच हजारको हाराहारीमा भोट बढेको काँग्रेस प्रत्याशी राधेचन्द यादवले बताए ।
 
काँग्रेस प्रत्याशी यादव सो क्षेत्रबाट २०४८ साल देखि नै पटक पटक चुनाव लडदै आएकाले उक्त क्षेत्रमा उनको राम्रो पकड रहेको क्षेत्रका स्थानीयहरुले बताएका छन्। २०७० सालको पछिलो निर्वाचनमा मलाई जिताएका जनतालाई मैले भनेको कुरा पुरा गरेकोले कारणले अहिले पनि ती जनताहरु मेरो पक्षमा लाग्दा  जनलहर बढेको छ उनले बताए ।

प्रतिनिधि सभा २ को निर्वाचन क्षेत्रमा कम्युनिष्ट गठन्धनबाट एमाओवादीका नेता शिवचन्द्र कुशवाहा र राजपा फोरम गठबन्धनबाट संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव चुनावी मैदानमा रहेका छन ।

राजपा –फोरम गठबन्धनबाट सो क्षेत्रमा उम्मेदवार बनेका संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव मतदाताहरुको लागि नयाँ अनुसार रहेका छन्।

यादवको घर निर्वाचन क्षेत्र नम्बर १ मा रहेको र उनको निर्वाचन क्षेत्र नम्बर २ मा कुनै राजनितिक लगानी नरहेकोले सो क्षेत्रका मतदाताहरुले बताएका छन्।

बाम गठबन्धनका उम्मेदवार कुश्वाहा यस अघि २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनमा बिजयी भए सो क्षेत्रमा बिकास निर्माणको कार्य नगरी निजी फाईदा हुने काम गरेका आरोपहरु लाग्ने गरेको छ । कुश्वाहानलाई २०७० सालको निर्वाचनमा माओवादीले टिकट नदिए पछि उनी सादभावना पार्टीबाट चुनाव लडेर पराजित भएका थिए ।

लगभग ८३ हजार मतदाता रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा यादव समुदायको २० हजारको हाराहारीमा मतदाता रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ