arrow

कम्युनिष्ट गठवन्धनले काँग्रेसलाई फाइदा

logo
सालिक गौतम,
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
nepal-communist-party.jpg

फस्टाउँदै गरेको लोकतन्त्रका लागि नेपालका कम्युनिष्ट सधै चुनौति थिए। अझ यसमा थपिएको कम्युनिष्ट एकताले नेपालको लोकतन्त्रका लागि थप चुनौति थपिदिएको छ। 

यो चुनौति बढ्न नपाओस भनेर काँग्रेसले आफू तल परेर पनि कम्प्रोमाइज गर्‍यो। स्थानिय चुनावमा बहुसंख्यक काँग्रेसको गढ रहेको चितवनमा माओवादीकी पुत्रीलाई काँधमा चढाइयो । 

आम पार्टी पंङ्ति भावनात्मक रूपमा संहालिन नसक्दा पनि काँग्रेस माओबादीको समिकरण रहिरहन सकेन। 

अन्तत्, एमाले-माओवादी पार्टी एकिकरण होला नहोला, तर बाम गठबन्धनले मुर्त रुप लिएको छ । यस्ले हुदै गरेको प्रतिनिधी सभाको चुनाव र प्रदेश सभाको चुनावमा नेपाली काँग्रेसलाई पछि पार्छनकी भन्ने आशंका छ। यद्यपी जनस्तरमा त्यस्तो धेरै प्रभाव अझै देखिन्न। 

राजनैतिक धार सदैव एक किसिमले बग्दैन । २०१५ मा राजा महेन्द्रले कु गर्दा काँग्रेस सकिएको सायदै ठानिन्थ्यो होला तर त्यसो भएन । 

२०४६ मा बहुदल आउँदा लोकेन्द्र बहादुर तथा सुर्य बहादुर थापाको दिन सकिए जस्तो लाग्थ्यो तर त्यो पनि भएन । 

शेरबहादुर देउवालाई राजाले दुईदुई पटक अपदस्थ गर्दा शेर बहादुर सकिए जस्तो विष्लेषण हुन्थे त्यो पनि भएन । 

पछिल्लो संविधान सभा सदस्य तथा व्यवस्थापिका संसदमा राष्टपति, उपराष्टपति, प्रधानमन्त्री र सभामुख सवै काँग्रेसको पोल्टामा आएन । तथापि काँग्रेसको संस्थागत आयतन उत्तिकै छ । 

त्यसकारण केहि वर्ष सरकारमा नहुदैमा वा बहुमत नआँउदैमा वा बहुमत आउँदैमा आत्तिनु र मात्तिनु पर्ने केहि छैन ।

दुरगामी हिसावले राजनैतिक स्थायित्व र काँग्रेसका लागि बाम एकता तथा पार्टी एकता फाइदाजनक छ । 

बामपन्थी तथा लोकतान्त्रिक गरि २ मात्रै राजनैतिक शक्तिहरु स्थापित भए भने सांसदको किनवेच र सरकार बनाउने र गिराउने खेल कम हुनेछ । 

यो चुनावमा काँग्रेसको बहुमत आउन केहि सिट कम भए पनि अव आउने चुनावमा काँग्रेसको स्पष्ट वहुमत आउने निश्चित छ । जसबाट देशलाई दुरगामी फाइदा पुग्ने छ । 

अति जडसुत्रबादी भएका कारण टुक्रिने, समाहित हुने र विलय हुने नै कम्युनिष्टहरुको चरित्र हो । आगामी दिनमा समेत कम्युनिष्ट चरित्र देखिने नै छ । अन्तत यसको फाइदा लोकतन्त्रवादीहरुलाई नै हुनेछ । 

संविधान सभाको चुनाव भैसके पश्चात केपी ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसले हस्ताक्षर गरेकै हो । 

तर मधेसबादी पार्टिहरुले संविधानको अपनत्व महसुस नगरे पछि तिन दल नै सरकारमा जाँदा  मधेश र मधेसबादी शक्तिहरुले तिन दलको सेन्डिकेटलाई मान्न तयार नभए राष्टिय अखण्डताको सम्मान नहुन पनि सक्ने परिदृष्यलाई ख्यालमा राखेर संविधान जारी गरेका तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला प्रधानमन्त्रीको दौडमा सामेल हुनुभयो । मधेसवादी दलहरु त्यही संसदमा सहभागी भए । आफु हार्दै गर्दा पनि देश र राष्टियता बलियो बनाउने काँग्रेसको राष्टियता यहि हो । 

नेपाली काँग्रेसलाई अझै मजबुत बनाउने र भावानात्मक रुपमा एक बनाउने अवसर बाम एकताका कारण मिलेको छ । नेतृत्वको असक्षमता भन्दा पनि परिस्थितीको उपजको रुपमा लिइनु पर्दछ । 

२०१५ सालमा विपी कोइरालाको दुई तिहाई बहुमत प्राप्त सरकार अपदस्थ भयो । एकदलीय पंचायत शासन लागु भयो । प्रजातन्त्र पुनस्र्थापनाका लागि तिस वर्ष संघर्ष गर्नु पर्यो । आर्थिक संवृद्धि तथा विकासको मुल रोकियो । के त्यो विपी कोइरालाको अदुरदर्शिताको कारण भएको थियो ? होइन । 

हामी विचको द्धैष, वैमनस्यता र गुटगत अभ्यासलाई छोडेर राष्टियता र काँग्रेसको हितका लागि एक बन्नु पर्दछ । 

कम्युनिष्ट गठबन्धन राष्टि्य हितभन्दा र कुनै वादका  लागि भन्दा पनि नितान्त सत्ताको लागि हो । मिल्ने मुद्धाहरुमा कार्यगत एकता हुन सक्छ तर दुई धुर्वमा रहेका एमाले र माओबादी केन्द्रको दर्शन साझा हुन नसक्ने स्पस्ट छ । 

पार्टीको नाम पनि मिल्न सक्ला किनभने माओबादीलाई पार्टीको नाम परिवर्तन गर्न केहि फरक नपर्ने पार्टी हो तर चुनाव चिन्ह र राजनैतिक दर्शन मिल्न सक्ने देखिदैन । 

माओबादी केन्द्रले माओबादी शब्द नै हटाउन र एमालेले माओबादी शब्द भित्राउन सक्ने संभावना नरहला ।

सामाजिक संजालमा बाम गठबन्धनमा समर्थन राख्नेहरुको उत्मात र उक्सावट अनि लोकतन्त्रबादीहरुको त्रास र चिन्ता दुवै असान्दर्भिक छ । 

थ्रेसहोल्डका कारण झिना मसिना पारिवारिक, क्षेत्रिय, जातिय संस्थाहरुहरु र सरकार बनाउने र गिराउने खेलको अन्त्य हुनेछ राष्टिय राजनितिबाट । 

अव राष्टिय राजनिती दुई धारबाट जान जरुरी छ । अमेरिकी राजनीतिमा जस्तै डेमोक्रयाटिक र रिपव्लिकको धारबाट अगाडी बढ्नु पर्दछ । 

आर्थिक संवृद्धि र विकासका लागि स्थाइ राजनिति हुनु पर्दछ । नेपालले अव धेरै प्रयोग थेग्न सक्दैन । धेरै क्रिडाहरु धान्न सक्दैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ