arrow

संवेदनशील सूचना विदेशीलाई दिने राजन भट्टराई राष्ट्रबादी की राष्ट्रघाती ?

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
rajan_bhattrai.jpg

काठमाडौं । बेलायती दातृ निकाय डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआईडी) मार्फत करोडौंको विदेशी सहयोग लिएर नेपालको सुरक्षासम्बन्धी नीतिमा चलखेल गर्ने एनजीओहरूमा पूर्वसांसद डा. राजन भट्टराईको संस्था अग्रणी रहेको पाइएको छ ।

भट्टराई अध्यक्ष रहेको नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स)ले डिएफआईडीमार्फत विदेशी सहयोग लिएर सुरक्षासम्बद्ध नीतिमा चलखेल गर्ने गरेको छ । एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला परराष्ट्र मामिला सल्लाहकार रहेका भट्टराई अध्यक्ष रहेको निप्सले नेपालको कार्यकालमा उनकै प्रभावमा विभिन्न परियोजना ल्याएर दर्जनौं कार्यक्रम गरेको सरोजराज अधिकारीद्धारा लिखित पुस्तकमा उल्लेख गरिएको छ।

कार्यक्रम गरिरहँदा निप्सले प्रचलित कानूनको समेत पालना गरेको थिएन । डिएफआईडीको सहयोगमा निप्सले गरेका सुरक्षा सम्वन्धि कार्यक्रमका लागि समाज कल्याण परिषदको पूर्वस्वीकृति लिएको त थिएन नै, २०६७ साउन यता संस्थाको नवीकरणसमेत नभएको पाइएको छ ।

समाज कल्याण ऐन, २०४९ मा बैदेशिक तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा गरिने कार्यक्रमका लागि सहयोग लिइएको वैदेशिक नियोग वा आईएनजीओसँग भएको सम्झौतापत्र समेत संलग्न राखी पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । २०६५ वैशाख २५ मा संस्था दर्ता भएयता सबै कार्यक्रम स्वीकृतिबिना सञ्चालन गर्दै आएको निप्सले निकैपछि मात्र कार्यक्रम स्वीकृतिका लागि निवेदन दिएको थियो । तर परिषद्ले ढिलो गरी आएको भन्दै पेन्डिङ राखिदिएको थियो ।

निप्सले २०६६ चैतको शुरुमै डीएफआईडीसँग २०६६ चैत १९ देखि २०६७ चैत १७ सम्म राष्ट्रिय सुरक्षा नीति सम्बन्धि परियोजनाका लागि तीन करोड ४२ लाख ६१ हजार नौ सय ५० रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

परियोजना संचालन भएको लामो समय बितिसकेपछि मात्रै सम्झौताको व्यहोरासहित निप्स अध्यक्ष राजन भट्टराईले २०६७ मंसिर ५ मा कार्यक्रम स्वीकृतिका लागि परिषदमा प्रस्ताव दर्ता गराएका थिए । निप्सले परियोजनाको १२ महिनाको अवधीमध्ये करिब आठ महिना कार्यक्रम सञ्चालन गरिसकेको थियो, तर संस्थाको नवीकरणबिना नै ।

राज्यको महत्वपूर्ण व्यक्तिलाई सहभागी गराएर कार्यक्रम हुने गरेकाले राष्ट्रिय सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने यस्ता गतिविधि नियमन गर्न कठिनाई भइरहेको गृह मन्त्रालयको भनाई छ ।

डीएफआईडीमार्फत सुरक्षा क्षेत्र सुधार रणनीतिमा खर्च गर्ने गरी सेफर वल्र्ड नामक आइएनजीओ र भट्टराईको नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स), एन्टेना फाउन्डेसन, इन्टर डिसिप्लिनरी एनालिस्ट्स लगायतका संस्थामार्फत खर्च गरिँदै आएको लेखक अधिकारीले रहस्योदघाटन गरेका छन् ।

यसअघि गुप्तचर जस्तो संवेदनशील निकाय राष्ट्रिय अनुसन्धान विभागसँग मिलेर २०६० देखि २०६३ सालसम्म सन्चालन गरिएको बेलायत सहयोगको अपरेसन मुस्ताङ नाम दिइएको परियोजना निकै विवादित बनेको थियो । गृह मन्त्रालय र संसदको सार्वजनिक लेखा समितिको छानविनको दायरामा आएको ३४ करोड रुपैयाँ बराबरको सो परियोजना सामरिकका साथै आर्थिक हिसाबले पनि निकै विवादित बनेको थियो।

त्यतीबेलाका केही प्रतिष्ठीत संचार माध्यमहरुले पनि विदेश मामिला सल्लाहकार भट्टराईले पदिय जिम्मेबारीको दुरुपयोग गरेर संवेदनशील सुचना विदेशीलाई चुहाएको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।  एमालेका नेता भट्टराईले महिनामा दुई पटक लैनचौरस्थित भारतीय राजदूतावासबाट पनि तलव बुझ्ने गरेको एमालेका नेताहरूकै आरोप छ । भारतीय दूतावास उच्च स्रोतले पनि भट्टराई बेलाबेला दूतावासमा आउने गरेको स्विकारेको छ ।  

डा भट्टराई भारतीय दूतावासको सहयोगमा नयाँदिल्लीस्थित जहवारलाल नेहरु विश्वविद्यालयमा एस.डी. मुनी र महेन्द्र पी. लामाको विद्यार्थी भएर अध्ययन गरेका हुन् । उनैले अहिले आफुलाई भारतको कट्टर विरोधी र असली राष्ट्रवादी भनाउने गरेका छन् । नेपाल–भारत बौद्धिक समूहका सदस्य समेत रहेका एमालेका नेता भट्टराईले सो समितिका सदस्य एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोशिहारी र प्रध्यापक महेन्द्र पी. लाम्पासँग ठाडो नजर गरेर हेर्न समेत सक्दैनन् । आफ्ना गुरुद्धय मुनी र लाम्पाको जुनसुकै प्रस्तावलाई अस्विकार गर्न नसक्ने भएकाले भट्टराईको उपस्थीति समितिमा नाम मात्रको भएको एक सदस्यले बताएका छन् ।

उनले समितिको बैठकमा कहिल्यै पनि मुनी र लाम्पाको विपक्षमा बोल्न नसकेको कुटनीतिक क्षेत्रमा चर्चा हुनेगरेको छ । ०६२–६३ को आन्दोलनताका काठमाडौंबाट भागेर नयाँदिल्ली पुगेका एमालेका नेता भट्टराईलाई कांग्रेसका नेता अमरेशकुमार सिंहले भारतीय सहयोग जुटाएर भर्ना गरिदिएका हुन् ।

त्यस बेला अमरेशकुमार सिंह सोही विश्वविद्यालयमा सिनियर विद्यार्थीका रुपमा अध्ययनरत थिए । एमालेका नेता भट्टराईलाई जहवारलाल नेहरु विश्वविद्यालयमा अमरेशले नै भर्ना गरिदिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी छ । काठमाडौको मुख्य बजारदेखि दक्षिण तर्फ पर्ने भैसेपाटीमा अपार्टमेन्टमा बस्दै आएका भट्टराई ठिक विपरित दिशामा पर्ने क्षेत्र नं. ४ मा एमालेको तर्फबाट उम्मेदबार भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ