arrow

कांग्रेस कार्यकर्ताको निधन : कविता वाचन गर्दा गर्दै ढले

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
kabita.jpg

पोखरा। कांग्रेसको चुनावी कार्यक्रममा कविता वाचन गर्दागर्दै एकजनाको मृत्यु भएको छ । तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचित भन्ने ठाँउका पुराना कांग्रेसी कार्यकर्ता श्रीभद्र पण्डितको मृत्यु भएको हो । हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरिक भएको चुनावी कार्यक्रममा पण्डितले कविता वाचन गर्दै गर्दा एक्कासी बेहोश भएर ढलेका थिए । बेहोश भएर ढलेपछि उपचारको लागि डुम्रेतर्फ लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो।

चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरे । साथै पौडेलले कांग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे । उनले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सबै कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ