arrow

प्रचण्डले आत्मसमर्पण गरेको हो, हामीले होइन (अन्तर्वार्ता)

प्रचण्ड मूल मुद्दाबाट आउट भइसके

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
cp-gajurel-new.jpg.jpeg

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी देशभक्त गणतन्त्र मोर्चाबाट चुनाव लड्दैछ । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देशभक्त मोर्चाबाट क्रान्तिकारी माओवादीले उपयोग गर्दैछ । देशभक्त गणतन्त्र मोर्चाले उठाएको राजनीतिक मुद्दा के हो ? उसले घोषणापत्रमा के उल्लेख गरेको छ ? अब बाँकी राजनीतिक मुद्दा के हो भन्ने सन्दर्भमा रहेर हामीले देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक एवं क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसँग संक्षिप्त कुरा गरेका छौँ ।

० तपाईंहरु चुनाव लड्दै हुनुहुन्छ ?
– हो, हामी पनि यो निर्वाचनलाई उपयोग गर्ने नीति लिएका छौं । त्यसकारण हामी अहिलेलाई चुनावमै लागिरहेका छौं ।

० मोर्चा बनाउनु भएको छ होइन ?

– हो, हामी जनगणतान्त्रिक मोर्चा बनाएर चुनावको उपयोग गर्दैछौं ।

० मोर्चामा को–को हुनुहुन्छ ?
– मोर्चा बनाउने पहल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले लिएको हो । मोर्चाको प्रमुख जिम्मेवारीमा म छु, यसका साथसाथै परि थापालगायत धेरैजना पार्टीका नेताहरु हुनुहुन्छ । हाम्रो उद्देश्य पार्टीगत मात्र नभएर नेपालमा जनगणतन्त्र स्थापना गर्ने मान्यता राखेका छौं । अरु पार्टीका साथीहरु सम्मेलित हुनसक्नु हुन्छ ।

० अहिलेको गणतन्त्र काम लाग्दैन ?
– विभिन्न किसिमको गणतन्त्र हुन्छ, जनयुद्धले माग गरेको जनगणतन्त्र थियो, तर त्यसलाई खारेज गरेर लोकतान्त्रिक गणतन्त्र संविधानमा उल्लेख गरियो । हाम्रो माग फेरियो, हामीले लोकतान्त्रिक गणतन्त्र मागेकै होइन, जनयुद्ध गरेका प्रचण्डले आफ्नो माग छोडेर आत्मसर्पण गरे । बुर्जुवा गणतन्त्र र संसदीय व्यवस्थाले यो देशको समस्या समाधान गर्दैन भनेर हामीले जनयुद्ध गरेका हौं, फेरि फर्किएर त्यही संसदीय व्यवस्थामा मुलुक फर्कियो । त्यसकारण जनगणतन्त्रको संघर्षमा हाम्रो सिंगो पार्टी छ । हामीले यो संसदीय व्यवस्थाविरुद्ध संघर्ष गरेका हौँ ।

० माओवादीसँग हिजो हुँदा खेरी हिजो तपाईहरुले पनि संघीय लोकतान्त्रिक गणतन्त्र भन्नु भा होइन ?
–होइन त्यो हाम्रो माग थिएन । त्यही हुनाले त पार्टी अलग हुन गयो । पार्टी विभाजनको मूख्य कारण त्यही हो । त्यो माग एमाले र काँग्रेसको हो । प्रचण्ड बाबुरामले आफ्नो मुद्दा छोडेर एमाले र काँग्रेसको मुद्दामा आत्मसमर्पण गरेको हुनाले पार्टी फुट्यो । प्रचण्ड बाबुरामहरुको थियो हाम्रो चाँही थिएन । प्रचण्डले आत्मसमर्पण गरेकै हो । मुद्धा विर्सिएकै हो । त्यो उहाँले आफैले प्रमाणित गरिसक्नु भएको छ । अहिले उहाँका गतिविधिले प्रष्टै देखाउँछ । प्रचण्ड मूल मुद्दाबाट आउट भइसके । त्यसैले उहाँलाई वैशाखी चाहिरहेको छ ।

० अहिलेको संविधानलाई प्रतिक्रान्तिको दस्तावेज भन्नु भा छ, के यत्रो संघर्षपछि बनेको संविधान कसरी प्रतिक्रान्तिको दस्तावेज भयो ?
–हो त्यही नै हो । अहिलेसम्म नेपालमा जुन आन्दोलन भए । तिनको सम्वद्र्धन नगरेर देशलाई पश्चगमनतर्फ लानु भनेको प्रतिक्रान्ति नै हो । हिजोको क्रान्तिलाई संस्थागत गरेको भए नेपालमा जनगणतन्त्र आउनु पर्ने थियो । राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्दथ्यो । असमान सन्धि खारेज हुनु पर्दथ्यो । देश स्वतन्त्र राष्ट्र हुन्थ्यो । हाम्रा प्राकृतिक सम्पदाहरु मुक्त गरेपछि हामी आफ्नै ढंगले विकास गर्दथ्यौँ । तर, त्यसो भएन पूरानै ठाउँमा देशलाई लगियो । त्यही प्रतिक्रान्तिलाई अहिलेको संविधानले संस्थागत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ