arrow

एमालेले वागी उम्मेदवारलाई पार्टीबाट लखेट्यो

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
CPN-UML-Flag.jpg.jpeg

कञ्चनपुर । पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई एमाले कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारी बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले बताए ।

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ ‘क’ को ८ बमोजिम निष्काशन गरिएको उनले बताए । पटक–पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ