arrow

पशुपति शमसेरलाई मत माग्दै रेखा थापा

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
pashupati-shamser-rekha-thapa.jpg

सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराको चुनावी अभियानमा नायिक रेखा थापा सक्रिय भएर लागेकी छिन्। 

कमल थापाले नेतृत्व गरेको राप्रपामा रहेकी उनी गायिका कोमल ओलीसँगै सो पार्टीमा थिइन। राप्रपा र राप्रपा नेपालको एकता अनि फुटपछि भने यि दुई नायिका र गायिका एकै पार्टीमा रहन सकेन्न। 

कोमल ओली सांसद बन्ने मोहमा एमालेतिर लागिन यद्यपी उनलाई एमालेले टिकट दिएन। अहिले उनी विलखवन्धनमा परेकी छिन्। 

संसदको चुनावमा दाङबाट चुनाव लड्न आकाँक्षा देखाएकी ओली त्यहाँ टिकट नपाएपछि स्वतन्त्र उठन तयार पनि भएकी थिएन। तर उनले पछि उमेद्वारी फिर्ता लिइन।

राप्रपामा रहेकी कोमल ओली चुनाव लड्ने आकाँक्षा सहित देश दौडाहामा रहँदा उनीसँगै राप्रपामा गएकी रेखा थापा भने चुपचाप राजनीतिक काममा व्यस्त भएकी छि्न। 

उनी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेरलाई जिताउन लागिपरेकी छिन्। यसका लागि उनले सिन्धुपाल्चोकको गाउँ गाउँ राणासँग घुमिरहेकी छ्नि। 

थापालाई चुनावी अभियानमा भेटेका स्थानियहरुपनि थापालाई देखेर मख्ख परेका छन्। पशुपति शसमेरसँगै प्रचारमा निस्किएकी थापासँग सेल्फी खिच्ने यूवाहरुको क्रेज पनि व्यापक देखिएको छ।

राणाको चुनावमा खटिएकी थापाले समृद्धीको बाटोमा राप्रपा जस्ता लोकतन्त्रवादी दलको भूमिका भएकोले त्यसतर्फ जान आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ