arrow

अर्घाखाँचीमा काँग्रेस जिताउ अभियान तीव्र, केन्द्रीय नेताहरु एकजुट

logo
घनश्याम पौडेल
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
photo_top.jpg

सन्धिखक । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी कांग्रेसले प्रचार प्रसारलाई तिव्र दिएको छ । 

दुई वटा प्रदेश सभा र एक प्रतिनिधि सभा रहेको अर्घाखाँचीमा कांग्रेसका उम्मेदवारलाई जिताउन सबै लागिपरेका छन । 

प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसी, प्रदेश सभा १ का उम्मेदवार विष्णु मुस्कान र २ का उम्मेदवार हिम्मतबहादुर टण्डनलाई जिताउन केन्द्रीय सदस्यहरु मानबहादुर विक, पुष्पा भुसाल, पुर्व मन्त्री रेवतीप्रसाद भुसाल लगायतका नेताहरु सक्रिय भएर लागेका छन् ।

प्रतिनिधी सभाका लागि टिकटको दौडमा रहेका भुसाल १ नम्बरका हरेक कार्यक्रममा सहभागी भई कांग्रेसको पक्षमा भोट मागेका छन् । 

प्रदेश सभा १ को लागि टिकटको दौडमा लागेका सवै नेताहरु उम्मेदवार मुस्कान सँग सँगै गई भोट तथा आमसभालाई सम्बोधन गर्नमा व्यस्त छन् ।
 
प्रदेश सभा २ बाट टिकटको दौडमा लागेका महासमिति सदस्य यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधीहरु इन्द्रमणि पौडेल, जयबहादुर टण्डन पनि चुनावी अभियानमा उम्मेदवार सँगसँगै हिंडेका छन् । 

समानुपातिकबाट दावेदार जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, पुर्व उपसभापति श्यामनाथ काश्यप लगायतका नेताहरु पनि उम्मेदवार सँगसँगै हिडी रुखमा भोट माग्नमा व्यस्त छन् । 

प्रत्यक्ष र समानुपातिकका दावेदार मात्र होईन स्थानिय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा विजयी भएका कमल भुसाल, सितगंगाका प्रमुख सुर्यपसाद अधिकारी, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिका उपप्रमुख खडानन्द बेल्बासे पनी जनताको कामलाई ध्यान दिदै कांग्रेसका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । 

उनीहरु मात्र होईन कांगेसका क्षेत्रिय समितिका पदाधिकारी, नगर कार्य समिति, स्थानिय तहका वडा अध्यक्ष तथा सदस्य, पार्टीका वडा सभापती, क्षेत्रिय प्रतिनिधि, क्रियाशिलदेखि शुभेच्छुक यसपाली कांग्रेसलाई जसरी पनि जिताउनु पर्छ भनेर लागेका छन् ।
 
त्यस्तै काठमाडौं, बुटबल तथा जिल्ला बाहिर बस्ने बस्ने तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघाक प्रतिनिधीहरु पनि जिल्ला आउन थालिसकेका छन । 

त्यस्तै दलित संघ, कांँग्रेस शुभेच्छुक नेपाल प्रेस युनियन तथा काग्रेसका भातृ तथा शुभेच्छुक संस्था पनी कांग्रेसका उम्मेदवार जिताउन लागिपरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ