arrow

यु–१९ युथ एसिया कप क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपाललाई सुरुवातमै झड्का  

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nepal-afghanistan-update.jpg

क्वालालम्पुर । एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल भइरहेको छ ।

मलेसियाको किन्रारा ओभलमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालको अफगानिस्तानविरुद्धको विगत त्यति राम्रो छैन । तर शुक्रबारको बिहानी सत्रले अफगानिस्तानले वर्तमानमा अगाडि बढ्न वाध्य हुने आशा गरिएको छ । 

तर नेपालले सुरुवातमै विकेट गुमाएको छ । नेपाली बलरले ब्याटिङबाट रन लिनुअगाडि नै विकेट गुमाउन पुगेका छन् । अतिरिक्त २ रन जोडेको अवस्थामा आसिफ शेख रनको खाता नखोली आउट भए । आसिफले ३ बलको सामना गर्दा एलबीडब्लु शिकार भए । 

ओपन जितेन्द्र सिंह ठकुरीलाई अनिल साहले साथ दिइरहेका छन् । साहले चौकाबाटै रनको खाता खोलेका छन् । 

नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।

नेपालले समुह चरणमा भारत र मलेसियालाई हराएर समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान भने अर्को समुहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक सेमिफाइनल खेलिरहेको नेपालले फाइनल पुगेर इतिहास रच्न चाहन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ