- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरी गाउँका स्थानीयले सडक र विजुली बत्तीको माग गरेका छन् ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा पुगेका उम्मेदवार तथा नेताहरुसँग स्थानीयले बर्षौंदेखि आफूहरु धुलाम्मे र हिलाम्मे सडकमा हिँड्नु परेको भन्दै सडक कालोपत्रको माग गरेका हुन् ।
त्यस क्रममा कांग्रेसका ३ नम्वर क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले आफूले जिते केन्द्रमा पुगेर बाँकेको विकास गर्न चाहेको बताए ।
क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मी नारायण शाहले काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी बनाए अब मुलुकमा सम्बृद्धि र विकासले गति लिने बताए ।
आफूहरुले जितेमा सडक, विजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारहरुले प्रतिबद्धता जनाए ।
च्यामा, गनापुर, उढरापुर र मनकामनामा विहीबार घरदैलो गरिएको कुर्मीले बताए ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री, प्रदेश सभाका उम्मेदवारद्वय शरदचन्द्र बर्मा र नारायण गौडेलले पनि घरदैलो र कोणसभा गरेर प्रचारलाई तीब्र बनाएका छन् ।
यता बजार क्षेत्र समेटिएको क्षेत्र नम्बर २ मा पनि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमालले पनि प्रचारप्रसारलाई पनि तिब्रता दिएको कांग्रेस बाँकेका सचिव तप्त पौडेलले बताए ।