arrow

नेपाल–अफगानिस्तान क्रिकेट, अनिलको आक्रामक ब्याटिङ, अर्धसतक पूरा

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nepal-afghanistan-update1.jpg

क्वालालम्पुर । एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल भइरहेको छ । मलेसियाको किन्रारा ओभलमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालले निरन्तर विकेट गुमाएको छ । सुरुवातमै विकेट गुमाएका नेपालका लागि अनिल कुमार साहले आक्रामक खेल्दै नेपालको योगफलमा सुधार गर्न खोजेका छन् । 

अनिलले ५६ बलमा अर्धसतक पूरा गरेका छन् । उनले एक छक्का र ७ चौका प्रहार गरेका छन् । 

अनिल बाहेक कुनै खेलाडी जम्न सकेनन् । 

नेपालले ७० रन जोड्दा १८ ओभरमा ५ विकेट गुमाइसकेको छ । 

कप्तान दिपेन्द्र सिंह ऐरी ६, भीम सार्की ६, रोहित कुमार पौडेल ४, जितेन्द्र सिंह ठकुरी १ र आसिफ शेख खाता नखोली आउट भए । 

पवन सर्राफले अनिललाई साथ दिएका छन् । 

नेपालले २२ ओभरमा ५ विकेटको नोक्सानीमा ८३ रन बनाएको छ । 

अफगानिस्तानका लागि मुजिबले ४ विकेट लिइसकेका छन् । मुजिब नेपाली ब्याटिङका मुख्य तगारो बनेका हुन् । 

नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।

नेपालले समुह चरणमा भारत र मलेसियालाई हराएर समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान भने अर्को समुहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक सेमिफाइनल खेलिरहेको नेपालले फाइनल पुगेर इतिहास रच्न चाहन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ