arrow

यु–१९ युथ एसिया कप क्रिकेट, अफगानिस्तानविरुद्ध नेपालको नसोचेको ब्याटिङ प्रदर्शन 

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nepal-afghanistan-update11.jpg

क्वालालम्पुर । एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल भइरहेको छ । मलेसियाको किन्रारा ओभलमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै नसोचेको प्रदर्शन गरेको छ । 

खराव ब्याटिङ गर्ने क्रममा नेपाल १०३ रनमा आउट भयो । नेपालले २८ ओभर मात्र खेलेर अलआउट हुँदै रन बनायो । 

अफगानिस्तानले १०४ रनको झिनो चुनौति पछ्याउँदै छ ।  

नेपालले निरन्तर विकेट गुमाएको छ । सुरुवातमै विकेट गुमाएका नेपालका लागि अनिल कुमार साहले आक्रामक खेल्दै नेपालको योगफलमा सुधार गर्न खोजे  

अनिलले ५७ बलमा अर्धसतक पूरा गरे । उनले एक छक्का र ७ चौका प्रहार गरेका हुन् । 

अनिल बाहेक कुनै खेलाडी जम्न सकेनन् । 

कप्तान दिपेन्द्र सिंह ऐरी ६, भीम सार्की ६, रोहित कुमार पौडेल ४, जितेन्द्र सिंह ठकुरी १ र आसिफ शेख खाता नखोली आउट भए । 

पवन सर्राफले अनिललाई साथ दिँदै ८ रन बनाए । कमल सिंह र किशोर महतोले खाता खोलेनन् । अन्तिम विकेटका लागि खेल्ने क्रममा सन्दिप लामिछाने र सहाब आलमले ७–७ रन बनाए । 


नेपालले दोस्रो ठूलो योगफल एक्स्ट्राबाट १४ रन पायो । 

अफगानिस्तानका लागि मुजिब रेहमानले अहिलेसम्मकै उत्कृष्ट बलिङ गरे । मुजिबले २६ रन खर्चेर ६ विकेट लिए । 

नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।

नेपालले समुह चरणमा भारत र मलेसियालाई हराएर समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान भने अर्को समुहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक सेमिफाइनल खेलिरहेको नेपालले फाइनल पुगेर इतिहास रच्न चाहन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ