arrow

वाम गठबन्धन  र  राप्रपा परित्याग गरी ७५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
अमर धामी
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
congress-flag2.jpg

अछाम । वाम गठबन्धनलाई अछामबाट किनारा लगाएपछि अछाम जिल्लाले बिकाशको गति लिने प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार राम बहादुर बिष्टले बताएका छन् । 

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ ढकारीमा भएको लोकतान्त्रिक गठबन्धनको संयुक्त बिशाल आमसभालाई संबोधन गर्दै पूर्ब सांसद समेत रहेका बिष्टले अहिलेको यो बाम गठबन्धनले अछाम जिल्लाको  विकासका कार्यहरूमा रोक लगाउने बताएका छन् । 

ढकारी गाउपालिकाका अध्यक्ष धन बहादुर बुढाको सभापतित्वमा भएको बिशाल आमसभाका विशिष्ट अतिथि पूर्ब सांसद अक्कल बहादुर बिष्टले लोकतान्त्रिक गठबन्धन का उम्मेदवारलाई बिजयी गराउन सबै ढकारी बासिलार्इ आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार पुष्प बहादुर शाहले अछाम जिल्लाको पूर्ण रुपमा बिकाश लागी नेपाली काङ्ग्रेसले मात्र गर्ने भएकाले नेपाली काङ्ग्रेसलाई  जिताउन अनुरोध  गरे । 

प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेदवार बलबहादुर कुँवर, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार अम्बिका थापा ,जिल्ला पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगाना, महासमिति सदस्य एबम पञ्चदेवल बिनायक नगरपालिका का नगर प्रमुख देबराज देबकोटा, गणेश बहादुर बिष्ट ,पञ्चदेवल बिनायक नगरपालिका उपप्रमुख ,नेबिसंघ सहमहामन्त्री एबम महिला नेतृ अम्बिका चलाउने, राप्रपा केन्द्रिय सदस्य श्याम बहादुर शाही, पूर्व पाटी सभापति कर्ण बहादुर  केसी, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पदम राज अधिकारी, अञ्जु मल्ल , कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्ट, जिल्ला पाटी प्रबक्ता बेदप्रकाश तिमिल्सैना, पुर्ब जिल्ला सचिव राम बहादुर शाही ,जिल्ला सदस्य यज्ञ ढकाल , नयाराम बजगाइ, जिल्ला सदस्य एबम तुर्माखाद गाउपालिकाका अध्यक्ष पुष्प  राज  शर्मा, भुमीशरण बजगाइ, राप्रपा जिल्ला अध्यक्ष मीन बहादुर शाही, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ क्षेत्रिय सभापति लक्ष्मण शाह,महिला संघ जिल्ला सचिव पुर्णा शाह, नेपाल प्रेस युनियन पुर्ब जिल्ला सभापति यज्ञराज ढुंगाना, लगायतको सहभागीता रहेको थियो । 

कार्यक्रम बामगठबन्धन परित्याग गरि नेकपा माओबादि जिल्ला सचिवालय सदस्य कमल उपाध्याय, एमाले क्षेत्रिय सदस्य टेक बहादुर बिक, राप्रपा जिल्ला उपसंयोजक भरत कुमार शाही लगायत ७५ जना  नेता कार्यकर्ता एमाले, माओवादी र राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

लालबहादुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेबिसं जिल्ला सदस्य टंक बहादुर साउदले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ