arrow

युथ एसिया कप क्रिकेटः नेपाल सेमिफाइनलबाटै बाहिरिने पक्का, भारतलाई हराउनु नै ठूलो उपलब्धी 

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nepal-afghanistan-update.jpg

क्वालालम्पुर । नेपाल एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिने पक्का भएको छ । अफगानिस्तान निकै हावी भएपछि नेपाल बाहिरिने पक्का भएको हो । 

मलेसियाको किन्रारा ओभलमा १०४ रनको झिनो लक्ष्य पछ्याइरहेको अफगानिस्तानले २८ ओभरमा १ विकेटको क्षतिमा ९४ रन बनाइसकेको छ । वर्षाले खेल रोकिए पनि पूरै दिन खेल नभए पनि डर्कवर्थ लुइस नियममा नेपालले हार्ने छ । 

नेपालका लागि कमल सिंहले १ विकेट लिए भने अहम् खेलमा बाँकी सबै बलर फ्लप भए ।

नेपालले समुह चरणमा भारतलाई हराउनु नै ठूलो उपलब्धी भयो । सेमिफाइनलमा भने नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै नसोचेको प्रदर्शन गरेको छ । 

खराव ब्याटिङ गर्ने क्रममा नेपाल १०३ रनमा आउट भयो । नेपालले २७ ओभर मात्र खेलेर अलआउट हुँदै रन बनायो । 

सुरुवातमै विकेट गुमाएका नेपालका लागि अनिल कुमार साहले आक्रामक खेल्दै नेपालको योगफलमा सुधार गर्न खोजे  

अनिलले ५७ बलमा अर्धसतक पूरा गरे । उनले एक छक्का र ७ चौका प्रहार गरेका हुन् । 

अनिल बाहेक कुनै खेलाडी जम्न सकेनन् । 

कप्तान दिपेन्द्र सिंह ऐरी ६, भीम सार्की ६, रोहित कुमार पौडेल ४, जितेन्द्र सिंह ठकुरी १ र आसिफ शेख खाता नखोली आउट भए । 

पवन सर्राफले अनिललाई साथ दिँदै ८ रन बनाए । कमल सिंह र किशोर महतोले खाता खोलेनन् । अन्तिम विकेटका लागि खेल्ने क्रममा सन्दिप लामिछाने र सहाब आलमले ७–७ रन बनाए । 

अफगानिस्तानका लागि मुजिब रेहमानले अहिलेसम्मकै उत्कृष्ट बलिङ गरे । मुजिबले २६ रन खर्चेर ६ विकेट लिए । 

नेपालले समुह चरणमा भारत र मलेसियालाई हराएर समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान भने अर्को समुहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक सेमिफाइनल खेलिरहेको नेपालले फाइनल पुगेर इतिहास रच्न चाहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ