arrow

प्रचण्डलाई चिया पिलाएर पठाएका काँग्रेस कार्यकर्ताले भने, भोट छोरीलाई दियौ अब दिन्नौ

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
prachanda-chitwan-nc-office.jpg

चितवन। नेपाली काँग्रेससँगको राजनीतिक सहयात्रालाई चटक्कै विचमा छोडेर विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल र गठबन्धन गर्न पुगेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनमा कमजोर देखिएपछि मर्निङ वाकको वहानामा काँग्रेस कार्यालय पुगेका छन्।

आफ्नो राजनीतिक भविश्य दाउमा लागेको देखेपछि केहि चिन्तित बनेका प्रचण्ड काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनसँग खरो प्रतिष्पर्धामा उत्रनु पर्ने भएपछि चिन्तित भएका हुन्। उनको यो चिन्ता शुक्रवार मर्निङ वाक गर्दै काँग्रेस कार्यालयमा पुग्दा पनि देखिन्थ्यो। 

आसन्न प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दाहालले गठबन्धनको साथले मात्रै चुनाव नजितिने सम्भावना देखेपछि शुक्रबार बिहानै चितवनको माइली चोकस्थित काँग्रेस कार्यालयमा पुगेर काँग्रेसका नेता कार्यकर्तासँग सहयोगको याचना गरेका थिए।

बिहान पख एकाएक कांग्रेसको कार्यालयमा पुगेपछि त्यहाँ रहेका कांग्रेस कार्यकर्ताले उनलाई चियाले स्वागत गरेका थिए।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसहितको संयुक्त प्यानलको प्रचारका लागि टाँगिएको व्यानरमुनि बसेर चिया पिउने क्रममा दाहालले काँग्रेसका नेता तथा कार्यकर्तालाई फकाउँदै आफू चितवनको विकास र समृद्धिका लागि उम्मेदवार भएको भन्दै यसका लागि काँग्रेसका कार्यकर्ताहरुको सहयोग र समर्थनका लागि आग्रह गरेका थिए।

यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लाका नेता, कार्यकर्ता र मतदाताको असहमतिका बाबजूद पार्टी नेतृत्वले माओवादीसँग चुनावी तालमेल गरेको कारण दाहाल पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचन गराउन सहयोग गरेका थिए।

तर त्यसको केही महिना वित्न नपाउँदै कांग्रेससँगको सहयात्रालाई छोडि एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणको सहमति गर्दै देशभरी काँग्रेस विरुद्ध मोर्चाबन्दी गरेको कारण आफूहरुले दाहाललाई सहयोग गर्न नसक्ने चितवनका स्थानीय नेताहरुको भनाई छ।

माओवादीले काँग्रेससँगको सहमति तोडेपछि पार्टीले लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई सो क्षेत्रमा समर्थन जनाइसकेको छ।

देशभर काँग्रेसलाई गाली गर्दै हिडेका प्रचण्ड लाजै नमानी मत माग्न आएपनि उनलाई चिया पिलाएर पठाए पनि मत भने नदिने स्थानिय काँग्रेस कार्यकर्ताले बताए। स्थानिय रामजी पौडेल भन्छन हामीले यस अघी उनको छोरीलाई दिएको मतको सम्मान गर्न सकेनन अब कुन मुख लिएर मत माग्न आएका हुन। अब उनले काँग्रेसबाट कुनै पनि हालतमा एक मत पनि पाउन्नन। चितवन र माडीवासीले उनलाई जिताएर माडी घटनाको अनुमोदन गर्ने पक्षमा छैन। 

प्रचण्डलाई जिताएर बादरमुडे हत्याको अनुमोदन गर्ने पाप आफूहरुले नगर्नेमा माडीबासी एकमत 

एमाले नेता सुरेन्द्र पाण्डेले मागे रुखमा मत !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ