arrow

कम्युनिष्ट गठवन्धन स्वतन्त्रता खोस्नका लागि हो : आरजु देउवा

logo
टेकेन्द्र देउवा,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
Aarju_rana.jpg

धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ प्रतिनिधीसभा उम्मेदवार डा. आरजु देउवाले बामपन्थीहरुको गठवन्धन स्वतन्त्रता खोस्नका लागि बनेको बताएकी छन् । शुक्रवार धनगढी उपमहानगरपालीका १ शिवनगरचौकमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै उनले आरजुले यस्तो आरोप लगाएकी हुन् ।

कम्युनिष्टहरु जनतालाई भ्रममा राख्न चाहन्छन् आरजुले भनिन्,‘उनिहरुको उदेश्य भनेको देशमा कम्युनिष्ट शासन ल्याउने नै हो । गठवन्धन दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गरि जनताले पाएका प्रेश तथा अभिब्यक्ति स्वतन्त्रता, समानता खोस्ने छन्  । आरजुले भनिन्,त्यसकारण स्वतन्त्रताको रक्षाका लागि नेपाली कांग्रेसलाई भोट दिन म निवेदन  गर्दछु ।
 
कम्युनिष्टको स्वतन्त्रता भनेको चीनको जस्तो स्वतन्त्रता हो जहाँ सबै कुरा राज्य नियन्त्रीत हुन्छ । कम्युनिष्ट सरकार र उसका बिरुद्ध कुरा गर्न पाईदैन । नेपालीहरुले ठूलो लडाई लडेर स्वतन्त्रता प्राप्त गरेको बताउदै उम्मेदवार आरजुले भनिन्,नसकेर मात्रै कम्युनिष्टहरुले संसदिय ब्यवस्थाको अभ्यास गरेका हुन यो उनिहरुको सिढीमात्रै हो । कम्युनिष्टहरु कहिल्यै जनमतमा बिश्वास गर्दैनन्  आरजुले भनिन्,त्यो उनिहरुका ईतिहाँस पढेर पनि बुझ्न सकिन्छ ।

नेपाली कांग्रेस र स्वतन्त्रता एक अर्काका पर्याय नै भएको नेपाली कांग्रेसकी उम्मेदवार आरजुले बताईन । हरेक स्वतन्त्रता प्राप्तीको आन्दोलान कांग्रेसको अगुवाईमा भएका छन् । अव विकास र समृद्धीको अगुवाई हामीले नै गर्ने हो । उनले आफु यस क्षेत्रको सेवक भएर काम गर्ने भएकाले आफ्नो काम गर्ने क्षमता हेर्नका लागि समेत कांग्रेसलाई भोट हाल्न समेत डा. आरजुले आग्रह गरिन । डा. आरजुले यो निर्वाचन भनेको स्वतन्त्रता चाहने र नचाहनेबीचको जनमत संग्रह भएको पनि बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ