arrow

२ नम्बर प्रदेशको मुख्यमन्त्री म बन्छु : महतो

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
raghubir_ji.jpg

धनुषा (जनकपुरधाम)। धनुषा क्षेत्र नम्बर ४ का प्रदेश सभाका उम्मेदवार बनेका नेता शत्रुधन महतोले २ नम्बर प्रदेशमा कम्युनिष्ट गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार धनुषामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले भने,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनले बहुमत ल्याउँछ, अब पार्टीले मलाई मुख्यमन्त्री बनाउँछ भने म बन्छु, तर मैले निर्णय गर्ने कुरा त होईन।’

उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा आफूहरुले सरकार बनाउने भनेर गरेको दाबी मंसिर २१ गते नै टुट्ने समेत जिकिर गरे ।  उनले थपे,‘उपेन्द्र यादवले भनेर हुन्छ, हेर्दैजानुहोस् कम्युनिष्ट गठबन्धनको नतिजाले के भन्छ, उहाँलाई त म मंसिर २१ गतेको निर्वाचन सकिएपछिको परिणाम हेर्नको लागि आग्रह गर्दछु, एमाले र माओवादी नै फस्र्ट हुन्छौं, अनि सरकारले कसले बनाउँछ त ?’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ