arrow

यस्तो छ कांग्रेस उम्मेदवार पन्थीको चुनावी प्रचार शैली

logo
कौरव खत्री,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
salik-phanthi_(2)1.jpg

गुल्मी । गुल्मीमा चुनावी सरगर्मी बढिरहेको अवस्थामा नेपाली कांग्रेसका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न र कांग्रेसलाई जीताउन भन्दै खेतबारीमा समेत पुग्न थालेका छन् । यस्तै कांग्रेस   निर्वाचन क्षेत्र नं. २ गुल्मीले चुनाव प्रचार प्रसार अभियान अन्तर्गत गाँउ गाँउमा चुनावी सभा र मतदाताहरुलाई गाँउघर र खेतवारी समेत पुगेर आफूलाई मत मागिरहेका छन् ।

चुनावी भेटघाट अभियानको क्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का (क) प्रदेशसभा सदस्यका उम्मेदवार शालिकराम पन्थीले खेतवारीमै पुगेर किसानहरुलाई  भेटेर भने,देशको हरेक परिवर्तन ल्याउने र विकास  र निकासको पार्टी भनेकै कांग्रेस भएको हुदा अव कांग्रेसले आर्थिक समृद्धि र संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाको लागि आफूलाई मत दिन मतदाताहरुलाई आग्रह गरे।

चुनावी सभा मात्र नभएर पन्थीले चुनावी प्रचार शैली परिर्वत गरि मुसिकोट,पौदीअमराई वामी लगायतका विभिन्न गाँउटोल र मतदाताहरुको घरदैलो हुदै किसानहरुको खेतबारीमा खेतीपाती भित्र्याउन र बाली लगाउन व्यस्त भएपछि खेतवारीमै पुगेर  किसानहरुसँग भेटेर कांग्रेसको इतिहास नभुल्न आग्रह गदै उम्मेदवार पन्थीले किसानहरुसँग  भोट मागिरहेका छन् ।

यतिबेला उम्मेदवार पन्थी लगायत गुल्मीका सबै निर्वाचन क्षेत्र प्रतिनिधिसभा तथा प्रदेशसभाहरुमा कांग्रेसले आफ्नो चुनावी सभा र  प्रचार प्रसारलाई गाँउटोल र मतदाताहरुको घरदैलोमा केन्द्रित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ