arrow

सेमिफाइनलमा नेपाल ७ विकेटले पराजित ,फाइनलमा अफगानिस्तान र पाकिस्तान भिड्ने

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
acc_u_19_nepal.jpg

काठमाडौं । मलेसियामा जारी एसिसि यु १९ एसिया कपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

 कम्जोर प्रदर्शन गर्दै १०४ रनको झिनो लक्ष्य दिएको नेपाली टोलीलाई अफगानिस्तानले  २०.३ ओभरमै भेट्टाएको थियो ।

एशियाकपको सेमिफाइनलमा पुगेको नेपाली युवा टोलीलाई अफगानिस्तानले २८ ओभरमा एक सय तीन रनमा अलआउट गर्यो ।नेपालका लागि अनिल शाहले ५० रन जोडे पनि अन्य सवै ब्याट्सम्यानले दोहोरो रन जोड्न नसकि पवेलियन फर्किए।

नेपालको दुई रन हुँदा आसिफ सेख खाता खोल्न नपाउँदै मैदानबाट बाहिरिए  अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भए पनि नेपालले नौ रनमा दोस्रो विकेट गुम्यो । कप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएपछि नेपालको नेपाली व्याटिङलाइन कम्जोर सावित भयो। 

एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुँदा थप पाँच विकेट गुमायो र नेपाल मात्र १ सय ३ रनमा अलआउट भयो। 

सेमिफाइनलमा नेपाललाई हराएको अफगानिस्तान उपाधीका लागि पाकिस्तानसँग भिड्ने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ