arrow

नेपाल पहिलो पटक ग्लोबल बोर्डमा निर्वाचित

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
omdevi_mam.jpg

काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा १४ देखि १७ नोभेम्बरसम्म भएको ग्लोबल कंग्रेस तथा आइसीएको साधारण सभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल १५ सदस्यीय ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएकी हुन् । नेपाल सन् १९९७ देखि आइसीएको सदस्य भएको भए पनि पहिलो पटक ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघ देशभरि रहेका ३४ हजारभन्दा बढि सहकारी संघ-संस्था र ६० लाखभन्दा बढि सहकारीकर्मीको साझा संगठन हो ।

मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि यो ठूलो उपलब्धी भएको बताएको छ । विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यो विजयीलाई लिएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताए । अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको  छाता संगठन हो । विश्वका ९५ भन्दा बढि देशका सहकारी अभियानका शिर्ष निकायहरु यसमा आवद्ध छन् । विश्व सहकारीको मुल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्दछ ।

 पूर्व सांसद् तथा सविधानसभा सदस्य मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल छन् । उनि राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला उपाध्यक्ष समेत हुन् ।  उनले राष्ट्रिय सहकारी विकास बोर्डको विज्ञ सदस्यका रुपमा समेत नेपाल सरकारबाट नियुक्ती भइ कार्य गरेको  अनुभव छ । भारतबाट सहकारी शिक्षा तथा व्यवस्थापनमा डिप्लोमा लिने उनि नेपालको पहिलो महिला सहकारीकर्मी हुन् भने उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातोकत्तर हासिल गरेकि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ