arrow

मोरङका युथफोर्स गाँउ इन्चार्ज र माओवादीबाट निर्वाचित वडा सदस्य सहित ३ सय बढि आए कांग्रेसमा

मिनेन्द्र रिजालले गरे स्वागत

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
chaudhary.jpg

विराटनगर । मोरङको रंगेली नगरपालिकाको ववियार्विताको र्विता चौक र सुक्रवारेमा आयोजित कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी ३ सय ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

ववियार्विताका  युथफोर्स इन्चार्ज किरण आचार्य, रंगेली नगरपालिका वार्ड न १ का माओवादी केन्द्रका निर्वाचित सदस्य मोहमद धामि चौधरी तथा नेकपा एमालेका स्माइल अन्सारी र रुद्रकुमार चौधरी रहेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र न २ का उमेदवार डा मिनेन्द्र रिजाल तथा प्रदेशसभाको उमेदवार सुमन कुवरले टिका लगाएर पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रममा वोल्दै डा रिजालले नेपाली कांग्रेसले मात्र मधेशी, आदिवासी, जनजाती तथा पिछडिएका जाति समुदायका हितका लागी कामगर्दै आएको बताए ।

उनले कसैलाई गालि गरेर कोइपनी राष्ट्रवादि हुन नसक्ने भएकाले कम्युनिष्ट गठवन्धनले मुलुकमा जातिय विभेद ल्याउन खोजेको आरोप लगाए । 

सो क्षेत्रका उमेदवार डा रिजालले  समग्र मुलुकको  विकास तथा संविधानको सफल कार्यान्वयनका लागी काँग्रेसको विकल्प नभएको समेत वताएका छन् ।

नेपाली काँग्रेस तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालको निर्वाचन क्षेत्र मोरङ २ काँग्रेसको लागि आफ्नो साखको क्षेत्र हो। 

काँग्रेस नेतृ सुजाता कोइरालाले पनि गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीकै रुपमा रिजाललाई मत मागिरहेका कारण पनि यस क्षेत्रमा रिजालको सम्भावना थप मजवुद भएको टिप्पणी स्थानियहरुले गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ