arrow

बेशीसहरको आमसभालाई पौडेल र कोइरालाले सम्बोधन गर्ने

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
Nepali-Congress-leaders-Ram-Chandra-Poudel-and-Shashanka-Koirala.jpg

बेशीसहर(लमजुङ)। लमजुङको सदरमुकाम बेशीसहरमा मंसिर २ गते शनिवार लोकतान्त्रिक गठबन्धनको आयोजनामा वृहत् आमसभा हुने भएको छ ।आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ  नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले पनि संबोधन गर्ने भएका छन् ।
 
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा परेको लमजुङको चुनावी प्रचारलाई उत्कर्षमा पुर्याउन फुलबारी मञ्च बेशीशहरमा  आयोजना गरिने आमसभालाई नेपाली काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकका जिल्ला स्तरीय नेताहरुले पनि संबोधन गर्ने कार्यक्रम रहेको छ ।
 
आमसभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शंशाक कोइरालाका अतिरिक्त प्रतिनिधि सभा लमजुङका उम्मेद्वार दिलबहादुर घर्ती, प्रदेश नं (क) का उम्मेद्वार गर्जबहादुर गुरुङ, प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।लोकतान्त्रिक गठबन्धनका दलले यतिवेला चुनावी अभियानलाई तिब्र बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ