arrow

मतदाता शिक्षाको नाममा विद्यालयमा सूर्य र हसिया, हतौडामा मत हाल्न सिकाउदै कम्युनिष्ट गठबन्धन

logo
अनु आचार्य,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
chunabi-prachar.jpg

रसुवा ।  रसुवामा मतदाता शिक्षाको नाममा कम्युनिष्ट गठबन्धनले बिद्यालयमा कार्यक्रम संचालन गरेको छ । जिल्लाको उत्तरगया गाउँपालिका ३ ठुलोगाउँमा रहेको श्री भुमेदेबि माबिमा मतदाता शिक्षाको नाममा सूर्य र हसिया, हतौडामा मत हाल्न  सिकाउन सो कार्यक्रम संचालन गरेको हो । विद्यालय वरपर निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन गर्न नमिल्ने भएपनि रसुवामा कम्युनिष्ट गठबन्धनले विद्यालय भित्र गएर मतदाता शिक्षा सञ्चालन गरेको छ ।

 गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विद्यालयमा पुगेर कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई मतदान गर्ने तरिका सिकाएका छन् । नमुना मतपत्र बोकेर विद्यालय पसेका उनीहरुले आफ्नो चुनाव चिन्ह्मा मतदान गर्नका लागि आग्रह गरेका थिए ।

मतदान गर्नका लागि उमेर नपुगेका विद्यार्थीसामु पुगेका गठबन्धनको अनेरास्ववीयुका विद्याथीहरुले विद्यार्थीमाझ अभिभावकलाई हसिँया हतौडा र सूर्य चिन्ह्मा मतदान गर्ने तरिका सिकाउनका लागि आग्रह गरेका बताइएको छ । विद्यालय स्रोतका अनुसार प्रधानाध्यापक ऋषि अधिकारी काठमाण्डौ गएको समयमा उनीहरु निर्वाचन शिक्षा दिन विद्यालय पुगेका थिए । नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार जनादर्न ढकालका अनुसार अनेरास्ववीयुमा आवद्ध विद्यार्थीलाई मतदान गर्ने तरिका सिकाइएको बताए ।
 
आचार संहिता विपरित बिद्यालयमा कार्यक्रम गरेको बारे जिल्लाका सरोकार निकायहरु बेखबर रहेका छन् । विद्यालयमा निर्वाचन शिक्षा सञ्चालन भएको बारेमा आफूलाई जानकारी नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन् । आचारसंहिता बिपरित बिद्यालयमा कार्यक्रम गरेको भन्ने हामिलाई केहि जानाकारी खाएको छैन् ।

लोकतान्त्रिक गठबन्धनलाई आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै हिँडेका वाम गठबन्धनले आचारसंहिता मिच्दै हिँड्दा समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्वाहीको प्रक्रिया अगाडी बढाएका छैनन् । विद्यालयमा कार्यक्रम सञ्चालन गर्दा समेत जिल्ला शिक्षा कार्यालय र विद्यालय प्रशासन मौन हुनुले पनि गठबन्धनलाई प्रशय दिएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ