arrow

राज्यमन्त्री बिष्टको पहलमा सुर्खेतमा बन्दैछन् तीस पुल

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
taptabahadur-.png

काठमाडौं। सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी, गुर्भाकोट र चौकुने स्थानीय निकायमा मात्र ३० वटा पुल बन्ने भएका छन्। सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट निर्वाचित उक्त क्षेत्रमा २०७० पछि मात्र २३ वटा झुलङ्गे पुल र ७ वटा पक्कि पुलको निर्माण प्रक्रिया अघि बढेको हो।

३० वटा पुल मध्ये ११ वटा झुलङ्गे पुलको निर्माण सम्पन्न भैसकेको छ। सुर्खेत कैलाली जोड्ने चौकुने दुई बोला र ३ नम्बरको गोब्रामा पुल बनिसकेको छ। भेरीनदिमा पनि झुलङ्गे पुलको निर्माण भएको छ। २०७० अघिसम्म एउटा मात्र झुलङ्गे पुल भएको कर्णाली नदिमा अहिले थप दुई वटा पुल बनिसकेका छन्। दुवै पुल कर्णाली नदिमा सुर्खेत-कैलाली जोड्ने पुल बनेका हुन्।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बिजयी भएपछि सुर्खेतलाई कैलाली डोटी र अछामसँग जोड्ने झुलङ्गे पुलको निर्माणले तिब्रता पाएका हुन्। २०७१ सालबाट निर्माण सुरु भएका झुलङ्गे पुल मध्ये ३ वर्षमा ५० प्रतिशतको निर्माण सम्पन्न भएको छ। वाँकी पुल निर्माणाधिन भएको बिष्टले बताए।

पक्कीपुलको निर्माण पनि तिब्र गतिमा
सुर्खेत कैलाली जोड्ने कर्णाली नदिको कुईनेमा पक्किपुल निर्माणको कामले गति लिएको छ। केहि पुलको निर्माणका लागि ठेक्का सम्झौता समेत भैसकेको छ। बाकी रहेका पुल टेण्डरको प्रक्रियामा रहेको बिष्टले बताए।

सडक सञ्जालले पनि जोडिदै
पश्चिम सुर्खेतबाट सदरमुकाम जोड्ने बाटो गुटु सम्म मात्रै थियो। विस्तारै जिविस गाविसको अनुदानमा पश्चिममा रहेको तत्कालिन गाविस लगाम सम्म मोटर बाटो पुग्यो। वर्षायाममा पानी परेपछि ६ महिना अवरुद्ध हुने बाटो अहिले पनि त्यस्तै छ। तर पश्चिम सुर्खेतलाई जोड्ने अन्य बाटोको ट्र्याक खोल्ने काम तिब्र गतिमा अघि बढिरहेको छ। अहिले सुर्खेत हुँदै बेनीघाट सम्म जोड्ने, कैलाली हुँदै जाजरकोट र अछाम जोड्ने बाटोको पनि ट्र्याक खोल्ने काम भैरहेको बिष्टले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ