arrow

नुवाकोट घट्नाको कांग्रेसले गर्‍यो निन्दा

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nc-party-office.png

ललितपुर। नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार  पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ ।
 
निर्वाचनको प्रचार प्रसारमा रहेको समय उनिहरु चढेको गाडीलाई लक्षित गरी शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।
 
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”
 
नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ