arrow

चार किलो चरेस सहित एक महिला पक्राउ

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
chares-baramad.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा चार किलो चरेस सहित एक महिला पक्राउ परेकि छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको एक टोलीले उनलाई बिहीबार साझ चार बजे पक्राउ गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर खड्काले बताए ।

पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–९ की ३५ वर्षीया  सरस्वती बोगटी रहेको खड्काले जानकारी दिए । खड्काका अनुसार बिहीबार बाजुराबाट अछामको साँफे बगरमा हिडेका भेडाले बोकेको झोला भित्र रहेको चरेश  बरामद गरी बोगटीलाई पक्राउ गरेको बताए ।
 
पक्राउ परेकी बोगटी माथि थप अनुसन्धानका लागि अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अनुसन्धानपछि अवैध लागु औषध दुर्व्यसनी सम्बन्धीको कानुनी कार्वाही गरिने प्रहरीको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ