arrow

नुवाकोट काँग्रेसले भन्यो : काँग्रेसको लहर देखेपछि आत्तिए विपक्षी

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार

विदुर । नेपाली काँग्रेस नुवाकोटले शुक्रवार विहान नेपाली काँग्रेसको प्रचार अभियानमा सहभागि काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं.१ का उम्मेदवार डा.रामशरण महत र प्रदेश सभा २ का उम्मेदवार रमेशकुमार महत सहित नेता कार्यकर्ताहरुलाई लक्ष्यित गरी ककनी गाउँपालिका ५ को शिकारीचौरमा गराईएको एम्वुस विष्फोटको घटनाको भत्सर्ना गरेको छ ।

नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ती प्रकाशित नेपाली काँग्रेसका उम्मेदवारहरु मतदाताको सामिप्यतामा पुगिरहेको र नुवाकोटका दुवैक्षेत्रमा काँग्रेस र लोकतन्त्रको पक्षमा जनलहर नै सिर्जना भएको अवस्थामा आम मतदाता काँग्रेसको पक्षमा देखिएपछि त्यसवाट अत्तालिएका हरुलाई मद्धत पुग्नेगरी शिकारीचौर घटना घटाईएको दावी गरेका छन् । विज्ञप्तीमा सभापति केसीले नेपाली राणा,पञ्चायत र माओवादीको सशस्त्र विद्रोहले समेत डगमगाउन नसकेको काँग्रेसको शक्ति र काँग्रेसप्रतिको जनताको विश्वास सदैव अटल रहने उल्लेख गर्दे आतंकको छायाँमा जनताको मत लिने सपना कहिल्यै पुरा नहुने उल्लेख गरेका छन् ।

काँग्रस सभापति केसीले विज्ञप्ती मार्फत शिकारीचौर घटनावाट कत्तिपनि विचलित नभई निर्वाचन अभियानमा सशक्तताका साथ परिचालित हुन  र विपक्षी आक्रमणको डटेर सामना गर्न सम्पूर्ण पार्टीपंक्तिलाई आव्हान गर्दे घटनामा घाईते भएकाहरुको समूचित उपचारको प्रवन्ध गर्न र दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन  सरकारसंग माग समेत गरेका छन् ।

यसअघि शुक्रवार विहान करिव १० वजेको समयमा ककनी गाउँपालिका वडा नम्वर ५ को शिकारीचौरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधीसभा उम्मेदवार डा.रामशरण महत र प्रदेशसभा २ का उम्मेदवार रमेशकुमार महत सहित निर्वाचन प्रसारप्रसार अभियानमा निस्किएको प्रचार टोली चढेको वा.१६.च. ६६५ नम्वरको जीपमा एम्बुस विष्फोट गराईएको थियो । घटनामा परि घाइतेभएका नेपाल विद्यार्थी संघका नेताहरु उपेन्द्र मिश्र,सविन लामा, भेषकुमार तमाङ, रमेश राइलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ