arrow

नुवाकोटमा भएको थियो महतको हत्या गर्ने षडयन्त्र, यसकारण महतलाई हटाउन चाहन्छन विपक्षी 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nuwakot-bomb-attack.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार  पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतको हत्या गर्ने योजना असफल भएको छ। 

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा जिल्लाका विकासप्रेमी नेता रामशरण महतलाई आफ्नो बाटोको काँडा सम्झनेहरुले उनको हत्या गर्ने योजना असफल भएको छ। यद्यपी उनीसँगै रहेका अन्य काँग्रेस कार्यकर्ताहरु घटनामा परि गम्भिर घाइते भएका छन्।

महतलाई किन हटाउन चाहन्छन विपक्षीहरु?

ककनी गाउँपालिका माओवादी प्रभाव क्षेत्रको रुपमा रहँदै आएको छ। यहाँ द्धन्दकाल र माओवादी शान्तिप्रक्रियामा आइसकेपछि पनि माओवादीको प्रभाव व्यापक थियो। त्यस क्षेत्रबाट संसदमा निर्वाचित अर्जुननरसिंह केसी समेत ०६४को संविधानसभाको चुनावमा माओवादी ज्यादती अगाडी कमजोर बनेका थिए। 

०७० सालमा भएको दोस्रो संविधान सभाको चुनाव ०६४को जस्तो धम्की र त्रासमा गुज्रिनु परेन। शान्तिपूर्ण रुपमा भएको ०७०को चुनावमा अर्जुन नरसिंह केसी त्यहाँबाट चुनाव जीते। केसीको प्रभावका कारण ककनी क्षेत्रबाट पनि काँग्रेसले बढी मत लिएको थियो। 

संसदीय चुनावमा केसीले जीतेको सो क्षेत्र प्रादेशिक संरचनामा आएको फेरवदलका कारण अहिले पनि क्षेत्र नम्वर १ भएपनि ३ क्षेत्रको जिल्ला २ क्षेत्रमा सिमित हुन पुग्यो। गाउँहरु जोडेर गाउँपालिका र नगरपालिका भए। 

साविकका ककनी, ओखरपौवा, चाउथे र थानसिङ गाभिएको सो क्षेत्रमा स्थानिय चुनावमा माओवादीले जित्यो। स्थानिय चुनावमा प्रमुख र उपप्रमुख नै माओवादीले जितेको थियो। संसदीय चुनावमा पनि माओवादी यहि गाउँपालिकाको आसमा चुनाव जित्नेमा आशावादी छ। 

ककनी गाउँपालिकामा १९ हजार ३ सय ५८ मत रहेको छ। यि मतको आसमा माओवादी संसदीय चुनावमा जित्ने हिसाव गरिरहेको छ। 

स्थानिय चुनावमा जतिसुकै स्थानिय नेताहरु हावी भएपनि प्रतिनिधि सभाको चुनावमा राष्ट्रियस्तरका नेतालाई नै चुनाव जिताउने पक्षमा स्थानिय जनलहर विस्तारै वन्दै गएको माओवादीले बुझेको छ। 

क्षेत्र नम्वर २मा गएका काँग्रेस नेता अर्जुननरसिंह केसी र डा रामशरण महतको समन्वयमा जिल्लाभर काँग्रेसको माहौल आउन थालेपछि खासगरि माओवादी भित्र यो खैलावैलाको विषय भएको थियो। 

घरदैलोदेखि दिनदिनै अन्य चुनावी अभियान राम्रो हुँदै गएपछि नुवाकोटका २ वटै क्षेत्रमा काँग्रेसलाई रोक्न नसकिने निष्कर्षमा माओवादी सहितका कम्युनिष्ट गठवन्धन पुगेको थियो। क्षेत्र नम्वर १मा पनि महतलाई रोक्न नसकिने निष्कर्ष एकातिर माओवादीले निकाल्नु अर्कोतिर अचानक आकक्रमण हुनुलाई धेरैले संयोग मात्र हुन नसक्ने बताइरहेका छन्। 

विशेषगरि तामाङ समुदायको वाहुल्य रहेको क्षेत्रमा माओवादीको स्थानिय नेतृत्वले एमालेसँग सहकार्य गरेर चुनाव जित्ने बताइरहेपनि चुनावी माहौल त्यस्तो छैन। 

यहि बीचमा महतलाई भौतिक रुपमै सिध्याउने अभिप्रायले बम आक्रमण गरेको स्थानिय काँग्रेसका नेता कार्यकर्ताहरु बताउँछन्। महत र कम्युनिष्ट गठवन्धनका प्रत्यासीबीच चुनावमा थप झडपको स्थित बनाउने अभिप्रायका साथ भएको एकथरिको अड्कल छ भने अर्काथरी माओवादीहरुले नै महतमाथि आक्रमण गरेको बताउँछन। महत रहेसम्म उनी नै यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै सांसद हुने देखिएपछि उनलाई भौतिक आक्रमण गरेरै पाखा लगाउने नियत देखिएको काँग्रेसका स्थानिय नेताहरु बताउँछन्। 

घटनामा जस्ले जिम्मा लिएपनि उनीहरुको आवरणमा काँग्रेसको प्रत्यासी भएर चुनावमा लड्न आएकाहरुको भूमिकालाई शंकाको दृष्टीले हेर्छन काँग्रेसका प्रत्यासीहरु। 

काँग्रेसले गर्‍यो निन्दा

नेपाली काँग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार  पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्सर्ना गरेको छ ।
 
निर्वाचनको प्रचार प्रसारमा रहेको बेला महतद्धय चढेको गाडीलाई लक्षित गरी शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथे थाना नजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । 

वम आक्रमणमा परि उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।
 
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ती प्रकाशित गरि घटनाको निन्दा गरेका हुन। आक्रमणमा आपराधिक मानसिकता बोकेका विपक्षीको संलग्नतालाई उनले जोड दिएका छन्। पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली काँग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली काँग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली काँग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”
 
यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउदै नेपाली काँग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।

नुवाकोट काँग्रेसद्वारा थप सशक्त रुपमा परिचालित हुन कार्यकतालाई आव्हान

नेपाली काँग्रेस नुवाकोटले शुक्रवार विहान नेपाली काँग्रेसको प्रचार अभियानमा सहभागि काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. १ का उमेदवार डा. रामशरण महत र प्रदेश सभा २ का उमेदवार रमेशकुमार महत सहित नेता कार्यकर्ताहरुलाई लक्षित गरी ककनी गाउँपालिका ५ को शिकारीचौरमा गराईएको एम्वुस विष्फोटको घटनाको भत्सर्ना गरेको छ । 

नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले एक विज्ञप्ती प्रकाशित नेपाली काँग्रेसका उमेदवारहरु मतदाताको सामिप्यतामा पुगिरहेको र नुवाकोटका दुवै क्षेत्रमा काँग्रेस र लोकतन्त्रको पक्षमा जनलहर नै सिर्जना भएको अवस्थामा आम मतदाता काँग्रेसको पक्षमा देखिएपछि त्यसवाट अत्तालिएकाहरुलाई मद्धत पुग्नेगरी शिकारीचौर घटना घटाईएको दावी गरेका छन् । 

विज्ञप्तीमा सभापति केसीले नेपाली राणा, पञ्चायत र माओवादीको सशस्त्र विद्रोहले समेत डगमगाउन नसकेको काँग्रेसको शक्ति र काँग्रेसप्रतिको जनताको विश्वास सदैव अटल रहने उल्लेख गर्दे आतंकको छायाँमा जनताको मत लिने सपना कहिल्यै पुरा नहुने उल्लेख गरेका छन् ।

प्रहरी भन्छः हामी अपराधी नजिक पुगेका छौ

नुवाकोटका प्रहरी प्रमुख एसपी बिरेन्द्र बस्यालले घटनास्थल पुगेर फेला परेका प्रमाण र अन्य जानकारी लिएर अपराधीको बारेमा सर्च शुरु गरेको बताए। उनले भने, ' सर्च जारी छ। आपराधिक कार्य गर्नेहरु नजिक पुगिएको छ। '

घटनामा चुनाव विरोधी गतिविधीमा संलग्न विप्लव समुहले जिम्मा लिएको भनिए पनि त्यसका अतिरिक्त अन्य व्यक्तिहरुले गराएको पनि हुन सक्ने कुरालाई पनि मध्यनजर गरेर अनुसन्धान गर्न प्रहरीलाई काँग्रेसको स्थानिय नेतृत्वले आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ