arrow

एनालग प्रणाली बन्द भए/नभएको बारे अनुगमन

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
digital-tv.jpg

काठमाडौँ। सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए/नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । 

सोहीअनुरुप सूचना तथा सञ्चार मन्त्रालय, नीति, योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख तथा उपसचिव रुद्रादेवी शर्माको नेतृत्वको टोलीले बिहीबारदेखि अनुगमन शुरु गरेको हो । “हरेक गतिविधि प्रविधिमैत्री बनाउने सन्दर्भमा यो नेपालको आन्तरिक आवश्यकता पनि हो, सन् २०१७ सम्ममा सबै केबललाई डिजिटलाइजेशन गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो”, उपसचिव शर्माले भने। 

उहाँका अनुसार करिब ८५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करिब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म सबै गाउँपालिकामा अनुगमन गरिने छ । एनालग प्रणालीबाट डिजिटलाइजेशन गरिएकामा सेवा प्रदायकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको मन्त्रालयले जनाएको छ । अनुगमन टोलीमा अम्बिकाप्रसाद शर्मा (इइ) र सरोज पौडेल (नासु) पनि छन् । 

टोलीले  मात्रै भक्तपुर सूर्यविनायकस्थित भक्तपुर टिभी प्रालि, सिनामंगलस्थित केबल टिभी एण्ड नेट र बुद्धनगरस्थित सहयोग केबल नेट प्रालिमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै स्थानमा एनालग बन्द गरी डिजिटल रुपमा सञ्चालन गरिएको पाइएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ