arrow

नेपाली काँग्रेसले नै संविधान संशोधन गर्न सक्छ : निधि

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nidhi2.jpg

जनकपुरधाम । पछिल्लो केहि दिनदेखि जनकपुर नगर क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त रहेका नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर ३ का प्रत्याशी विमलेन्द्र निधि शुक्रवार अफनो निर्वाचन क्षेत्रको ग्रामीण भेगका विभिन्न गाउँमा चुनावी सभा गरेका छन् । सो क्रममा निधिले धनुषाको दक्षिणवर्ती गाउँ मुखियापट्टी मुसहर्निया गाउँ पालिकाको विभिन्न वार्डमा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।

काँग्रेस प्रत्याशी निधि मुखियापट्टी गाउँपालिकाको वार्ड नम्बर १ को मुसहर्निया, वार्ड नम्बर २ को मुखियापट्टी र वार्ड नम्बर ३ को तुल्सियाही जब्दीमा मतदाताहरुसँग  भेटघाट गर्दै  चुनावीसभामा सहभागी भएका छन् । सो स्थानमा आयोजित चुनावीसभामा बोल्दै निधिले नेपाली काँग्रेस मधेशी भावना अनुसार संविधानका लागि  विगतमा पनि  नेतृत्व वहन गरेको र आगामी दिनमा पनि सो नेतृत्व लिने बताएका छन् ।

मधेशीको भावना अनुसार संविधान संशोधन गर्न  नेपाली काँग्रेस आधिकारिक निर्णय गरि सकेको उल्लेख गर्दै  नेपाली काँग्रेसले मात्र संविधान संशोधन गर्ने विश्वास व्यक्त गरे । विगतमा संविधानको विरोध गर्दै आन्दोलन गर्ने  दलहरु पनि सोहि संविधान अनुसार अहिले  निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै संविधानमा हस्ताक्षर नगर्नेहरु  तत्कालीन सभासदहरुलाई भावी पुस्ताले धिकार्ने उनले वताए ।
 
जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउन  प्रयास शुरु भईसकेको भन्दै निधिले भने ,‘जनकपुर प्राचीन मिथिलाको राजधानी थियो । अब प्रदेश नम्बर २ को राजधानी बनाउने उद्देश्यले हामि लागि परेका छौ ।’ जनकपुरलाई राजधानी वनाउन जनकपुर चुरोट  फ्याक्ट्रिको सम्पत्ति स्थानीय प्रशासनको मातहतमा लैजाने कार्य गराईएको वताउदै निधिले राजर्षी जनक विश्वविद्यालय पनि  राजधानी बनाउनको लागि ठुलो आधार वनेको उल्लेख गरे । जटही–ढल्केबर व्यापारिक मार्ग तथा ब्रोडगेज रेलवे निर्माण जनकपुरलाई प्रदेशको राजधानी मात्र नभई आर्थिक राजधानी पनि  बनाउने उनको कथन छ ।

सो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार रामसरोज यादवले  विकास निर्माण तथा संविधान संशोधनका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई  निर्वाचित गर्न आग्रह गरे ।  संविधान संशोधन सानो  पार्टीवाट संभव नभएको भन्दै यसको नेतृत्व नेपाली काँग्रेसले लिने  यादवले वताए । जनकपुरमा राजर्षी विश्वविद्यालय स्थापनाको निर्णय र यस  क्षेत्रको  सडक निर्माणका सन्र्दभमा प्रतिनिधिसभाक प्रत्याशी निधिको अहम भूमिका रहेको वताउदै  आफनो जिल्लालाई छोडेर  धनुषामा चुनाव लडनआएका उम्मेदवारले गरेका विकास निर्माणका कार्य सार्वजनिक गर्न  यादवले चुनौती दिए  ।

त्यस्तै  नेपाली काँग्रेसका नेता तथा गौ संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष जगदीश महासेठले आन्दोलनका नाउमा मधेशी जनतालाई ठगदै गरेका  व्यक्ति आफनो जिल्लालाई छोडेर धनुषावाट चुनाव लडन आएको वताए । तत्कालीन सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष पनि रहेका महासेठ संविधान अस्वीकार गरि आन्दोलनको वेला ठुलो  भाषण दिने  मधेशीक लाशमा  राजनीति गर्दै आएको  आरोप लगाए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ