arrow

'बिग्रिएको एमालेलाई सच्याउन पनि हराउनै पर्छ' : अशोक राई

logo
रोहित राई ,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
ashok-rai-news-aaja.jpeg

धरान ।  नेपाली कांग्रेस र संघिय समाजबादि फोरमको संयुक्त लोकतान्त्रिक गठबन्धनले मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र  प्रदेश सभा निर्बाचनका लागी धरान वडा नम्बर १५ मा संयुक्त चुनाब प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ ।

प्रतिनिधि सभा तर्फा प्रत्यक्षका उम्मेदवार पूर्व मन्त्रि अशोक राइले  बिगत छब्बीस वर्षको अबधिमा एमालेले धरानको लागि केहि गर्न नसकेको तर्फ इसारा गर्दै, छब्बीस बर्ष देखि धराने जनताले आफ्नो बिस्वास र मत दिएर उमेदारलाइ जिताएर पठाए पनि धराने जनताले कहिलै जितको महसुस गर्न नसकेको बताएका छन् ।  झन्डै तीन दशक सम्म जिताउदा पनि जनताले केहि नपाउनु बिडम्बना भएको राइको भनाइ छ ।
 
संघिय समाजबादिका बरिष्ठ नेता समेत रहेका गठबन्धनका साझा उम्मेदवार राइले भने, “ छबिस बर्ष भएको थोरै समय होइन। एक शताब्दिको एक चौथाई अंश हो । छब्बीस बर्षसम्म लगातार यो क्षेत्रका जनताले एमालेलाई सम्मान दिए । अवसर दिए । एमालेले जनताको मतलाई सम्मान गर्न सकेन । अहिले मैले भोट माग्ने क्रममा धरानका जनतालाई  भेट्दा बिगतलाई सम्झेर पच्चाताप गरिरहेको मैले पाएको छु । “ उहाले मतदान गर्दा आफ्नो मतको सम्मान गर्न सक्ने । जनतालाइ  बिजय महसुस गराउन सक्ने धरानको प्रतिनिधित्त्व गर्न सक्ने मान्छेलाई मात्र मतदान गर्नुपर्ने बताए ।
 
संसदमा संबिधान संसोधनको बिषयमा एमालेले खेलेको नकारात्मक भुमिकाको प्रसंग उल्लेख गर्दै उम्मेदवार अशोक राइले भने, “ संबिधान संसोधन प्रस्ताब पारित हुनै लाग्दा संसोधन पारित हुन नदिने एमालेले दुइतिहाई ल्याएर संबिधान सम्सोधन गर्छु भन्नु संकाश्पद  छ । उसले भनेजस्तो संसोधन एमालेले आफ्नै  लागि मात्रै गर्छ । जनताका लागि होइन । “  नेता राइले एमालेलाइ राष्ट्रिय राजनीतिमा मनपरी गर्दै हिड्न बाट रोक्नु लोकतान्त्रिक शक्तिको कर्बब्य भएको बताए । उनले भने, “नेकपा एमालेलाई सच्याउनका लागि पनि हराउनुपर्छ ।“

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ