arrow

मोरङ क्षेत्र नं ६ मा शेखरका ८ जनमुखी प्रतिवद्धता (भिडियो)

प्रदेशको राजधानीदेखि शैक्षिक ल्यापटपसम्म

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारीको क्रममा आफ्ना मतदाताहरुसँग विभिन्न क्षेत्रका ८ वटा प्रतिवद्धताहरु राखेका छन् । नेता कोइरालाले जनताको दैनिक जीवनमा प्रयोग हुने विभिन्न विषयमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस सधैंभरी लोकतन्त्रलाई सुदृढीकरण गरेर अघि बढ्ने पक्षमा रहेको भन्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दोस्रो चरणको निर्वाचनमा रुख चिह्नमा मतदान गरी चुनाव जिताउन पनि उनले आग्रह गरेका छन् । माओवादी र एमालेहरुबीच भएको गठबन्धनले नेपाललाई निकट भविष्यमा नै समस्यामा पर्नेवाला रहेको उनले बताए । कम्युनिष्टहरु यो गठबन्धनको माध्यमबाट एकदलीय शासन व्यवस्था ल्याउने प्रयासमा रहेको भन्दै उनीहरुको यो दिवा सपना मोरङबासीले पूरा हुन नदिनेमा उनले विश्वास व्यक्त गरेका छन् । 

उनले आसन्न चुनावको लागि आफ्ना विभिन्न ८ वटा प्रतिवद्धताहरुमा विराटनगर महानगरपालिकालाई प्रदेश ३ को राजधानी बनाउनेदेखि सो क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ल्यापटप वितरण गर्नेसम्मका प्रतिवद्धताहरु व्यक्त गरेका छन् । उनले व्यक्त गरेका प्रतिवद्धताहरु यस्ता छन् । 

१. पहिलो विराटनगर महानगरपालिकालाई एक नम्बर प्रदेशको राजधानी बनाउने । 

२. बुढीगंगा गाउँपालिकालाई नगरपालिका घोषणा गर्ने । 

३. नेपालको नयाँ संविधानमा मधेशी आदिवासी जनजाती, थारु मुस्लिम र पिछडा वर्गले खोजेका केही विषयहरु छन् । ती विषयहरुलाई संशोधन गरी संविधानमा समावेश गरेर संविधानलाई अझ बढी सर्वस्वीकार्य बनाउने । 

४. बाढीले क्षतिग्रस्त बनेको सुन्दर हरेसा, बुढीगंगा र विराटनगर महानगरपालिका, यी तीन वटै स्थानीय तहमा डुवान रोक्नको लागि स्थायी तटबन्ध बनाई सुरक्षित बनाउने । 

५. बुढी गंगा र विराटनगरका ६ नं क्षेत्र भित्र पर्ने जुन क्षेत्रहरु छन् । त्यो क्षेत्रका कुनैपनि घरपरिवारहरु फुसको घरमा बस्नु नपरोस् भन्नको लागि विशेष अभियान नै सञ्चालन गर्ने र कम्तिमा टिनको छानो बनाईदिने । 

६. कुनैपनि व्यक्ति पैसाको अभावले शिक्षाबाट बञ्चित नहुनेगरी निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन गराउने र सरकारी विद्यालयमा पढेर ७५ प्रतिशत भन्दा बढी अंक ल्याएका विद्यार्थीहरुलाई पढ्नको लागि प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक ल्यापटप दिने । 

७. पूर्वाञ्चल विश्वविद्यालय हाताभित्र एक वर्ष भित्रै मेडिकल कलेज सञ्चालन गर्ने, जसको प्रक्रिया अघि बढिसकेको छ ।

८. विपन्न परिवारका महिलाहरुलाई विभिन्न सीपमूलक तालिम दिने र सीप सिकेका महिलाहरुलाई केही अनुदान पनि आयआर्जन गर्न सक्ने बनाउने ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ