arrow

मतदान अधिकृत छनौट एकलौटी भन्दै ज्ञापन पत्र

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
bajura1.jpg

बाजुरा ।  आसन्न मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदात अधिकृत छनौटमा मुख्य निर्वाचन अधिकृकको कार्यालयबाट एकलौटी गरेको भन्दै शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले मुख्य निर्वाचन अधिकृत र प्रमखु जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्यायले बताएका छन् ।

 उनले मतदान अधिकृतको स्तर मापन नै नगरी मतदान अधिकृत बनाइनु नै मुख्य निर्वाचन अधिकृत कार्यालयको गलती भएको बताए  । पाध्यायले खरिदार स्तरका कर्मचारीलाई अधिकृत र नायव सुव्वा स्तरका कर्मचारीलाई सहायक  मतदान अधिकृत बनाउनु षडयन्त्रकारीको नियतीमा गरेको उनको भनाई रहेको छ ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरुले कुनै एक पाटीलाई जिताउने सोचका साथ संगठनमा आवद्ध खरिदार स्तरका कर्मचारीलाई अधिकृत बनाइनु नै निर्वाचनलाई नै चुनौती हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कार्यालयले संगठनका कर्मचारीहरुलाई मतदान कब्जा गराउने हैसियतले मतदान अधिकृत र सहायक अधिकृत एकै ठाउँमा खटाउन नहुने शिक्षक संघ र कर्मचारी युनियनको दावी रहेको छ ।

निर्वाचन कार्यालयले निर्वाचन कर्मचारी खटनपटन धाधली र पक्षपात पुर्ण भएकोमा घोर आपत्ती जनाएको पत्रमा भनिएको छ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा कर्मचारी खटनपटनको निर्देशिका २०७४ को दफा(क)मा गोला प्रथाद्धारा छनौट गर्ने कानुनी प्रचलन भएपनि  त्यो नभकाले तत्काल गोलाप्रथाद्धारा मतदान अधिकृत खटाइनु पर्ने ज्ञापन पत्रमा लेखिएको छ ।

 मतदान अधिकृतलाई कानु बमोजिक गोला प्रथाद्धारा छनौट नगरिएमा दुवै तहको निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघले बहिस्कार गर्ने निजामती कर्मचारी युनियन संघका अध्यक्ष तिलक बहादुर थापाले जानकारी दिए ।  धाधली गर्ने नियतले संगठनका एकै मतदान केन्द्रमा चार जना भन्दा बढी खटाइउनु यो निर्वाचनलाई असफल बनाउन खोजेको थापाको भनाई रहेको छ ।

 ज्ञापन पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले निर्वाचन प्रक्रिया कार्य अगाडी बढेको हुदा गोला प्रथाद्धारा मतदान अधिकृत छनौट गर्न नसकिने बताउनु भएको छ । मुख्य निर्वाचन थपलियाले मतदान अधिकृत उमेरका अनुसार टाढा मतदान केन्द्रमा जान सक्नेलाई मतदान अधिकृत बनाएर पठाएको दावी गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ