arrow

मैदान सानो भएपछि देउवालाई सुन्न घरको छतमा समेत भीड, दार्चुलामा काँग्रेसको उल्लासपूर्ण माहौल

लोकतन्त्र विरोधीहरु कम्युनिष्ट गठबन्धनका नाममा एक ठाउँमा आएका छन्ः प्रम देउवा

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
darchula-mass-meeting.JPG

दार्चुला। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गरेका छन्।  

काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा काँग्रेस सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । 

“कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्” प्रधानमन्त्री देउवाले भने ।” 

विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको काँग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उहाँले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट गरे । 

दार्चुलाको विकासका लागि काँग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए । 

प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाए। 

सोही सभामा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा काँग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे। 

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास काँग्रेस जित्दा मात्रै हुने बताए । 

यस्तै प्रदेशसभा क्षेत्र नं क मा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए । 

प्रदेशसभा समानुपातिक उम्मेदवार नन्दा बमले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउन आह्वान गरे।

शुक्रवार नै सभापति देउवाले वैतडीका ३ ठाउँमा सम्वोधन गरे। मेलौली नगरपालकिामा आयोजित सभामा सभापति देउवाले पाटन पञ्चेश्वर परियोजना, पाटन पञ्चेश्वर सडक पुरा गर्ने र पूर्वाधार बनाउने काम आफूले गराइछाड्ने बताए। 

सुदुर पश्चिम विश्वविद्यालयका १५ वटालाई आंगिक क्याम्पस बनाउने, वैतडीमा ३ वटा क्याम्पसलाई सम्वन्धन दिने लगायतका काम आफ्नै नेतृत्वमा भएको पनि उनले बताए। 

क्षेत्र नम्वर २का क्षेत्रीय सभापति तेज बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु वाणिज्य राज्यमन्त्री तथा प्रतिनिधी सभा उमेद्वार नर बहादुर चन्द, स्थानिय नेताहरु चतुर बहादुर चन्द, जनक भट्ट लगायतले सम्वोधन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ