arrow

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौँ ।  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसमा दुवै चरणको निर्वाचनमा चार-चार दिन बिदा दिन सरकारसँग आग्रह गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निर्वाचन केन्द्र सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द्र लगायतका सार्वजनिक भवन तथा परिसरमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म उल्लेखित भवन तथा कार्यालय निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ