arrow

झापा १ लाई विकासको नमूना क्षेत्र बनाउँछु : बिश्वप्रकाश शर्मा

logo
ज्ञानेन्द्र निरौला,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
bishwaprakash.jpg

झापा । झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार बिश्वप्रकाश शर्माले आफुले निर्वाचन जिते झापाको क्षेत्र नं. १ लाई बिकासको दृष्टीले देश कै नमूना क्षेत्र बनाउने बताएका छन् ।

निर्वाचन प्रचार अन्तर्गतका बिभिन्न कार्यक्रमहरुमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता शर्माले बिकासका अनेकन संभावना भए पनि यस क्षेत्रको दीगो बिकासमा पहलकदमी गर्ने नेतृत्वको अभावका कारण सोचे अनुरुप बिकास हुन नसकेको बताउँदै मंसीर २१ को निर्वाचनपछि आफुले यो क्षेत्र अन्तर्गतका सम्पूर्ण कुरालाई समेटेर बिकासको नयाँ अध्याय शुरु गर्ने बताए ।

शर्माका अनुसार चन्द्रगढी ज्यामिरगढी र दुवागढीलाई औधोगिक क्षेत्र बनाउने, बाहुनडाँगी र शान्तिनगरलाई कृषी पर्यटन क्षेत्र, धाईजनलाई हेल्थ हब बनाउने, सिद्धिखोलाबाट बिद्युत उत्पादन गर्ने र झापा क्षेत्र नं. १ लाई समेट्ने गरी रिङरोड बनाएर त्यसलाई रिङरोड नं. १ नामाकारण गर्ने समेत योजना मतदाता समक्ष राखेका छन् ।  

शर्माले मुलुकको पुर्वी प्रवेशद्वार काकरभिट्टालाई बन्द मुक्त क्षेत्रको रुपमा बिकास गर्ने समेत बताए । नेपालको बजेट बितरणको समय उचीत नभएको भन्दै अब बजेट भाषणको समय असारमा नभएर चैतमा बनाउनु पर्नेमा जोड दिए । कांग्रेस उम्मेदवार शर्माले भने– “असार साउन भनेको बर्षातको समय हो । त्यो समयमा आर्थिक बर्षको शुरुवात गर्दा बजेट कार्यान्वयनमा जटिलता आईरहेकाले अब आर्थिक बर्ष बैशाखदेखी शुरु गर्नु पर्छ ।”

झापा क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार शर्मासंगै बाम गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की चुनावी मैदानमा हुनुहुन्छ । झापा १ को भिडन्तलाई देशै भरि खास चासोको रुपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ