arrow

काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
bomb.jpeg.jpeg

 
बेँसीशहर ।  शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा शनिबार सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर ८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । 

लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए । 

नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिए । 

यसअघि आज बिहानै बेँसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए । 

सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ