arrow

सप्तरी ४मा र पूर्व र बहालवाला मन्त्रीबीच प्रतिस्पर्धा

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
election-_eco.jpg

राजविराज । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन् । 

क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १४ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरी, एकजना पूर्वमन्त्रीसहित तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

मधेशी गठबन्धनका तर्फबाट राजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री मृगेन्द्रकुमारसिंह यादव र वाम गठबन्धनका तर्फबाट मोहम्द इस्लामबीच प्रतिस्पर्धा हुने देखिएको छ । यादव यसअघि दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भाइ अनिरुद्धकुमार सिंह यादवसँग झिनो मतले पराजित भएका थिए । त्यतिबेला उनी क्षेत्र नं ६ बाट लोकतान्त्रिक फोरमबाट उम्मेदवार थिए । सोही क्षेत्रबाट दलित जनजाति पार्टीका उम्मेदवार मो इस्लाम समेत पराजित भएका थिए । 

दोस्रो संविधानसभा निर्वाचनमा मृगेन्द्र यादवसँग प्रतिष्पर्धा गरेका मो इस्लाम यस पटक वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार बनेका छन् । 

यस्तै, क्षेत्र नं ४ प्रदेशसभा (क) मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक विनोद चौधरी चुनावी प्रतिस्पर्धामा छन् , भने काँग्रेसका तर्फबाट सीताराम साह चुनावी मैदानमा छन्। वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले उम्मेदवारी बनेका छन् । यसअघि न्यौपाने दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित भएका थिए। 

प्रदेशसभा (ख) मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । उनीफोरम नेपालका उपाध्यक्ष रेणु यादवका छोरा हुन् । काँग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झा चुनावी प्रतिस्पर्धामा छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीप्रसाद यादवलाई चुनावी मैदानमा उभ्याइएको छ । उनीयसअघि राजपा नेपालमा थिए । उक्त क्षेत्रमा वाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ