arrow

पुर्वका ओली र दाहालले बाजुराको विकास गर्दैनन्, कांग्रेसनै चाहिन्छ : देउवा

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
deuba5.jpg

बाजुरा । नेपाली काँग्रसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले कम्युनिष्ट गठबन्धन एकताले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् ।  नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदुर पश्चिमलाई आफु फेरी प्रधानमन्त्री भएपछि विकासका लागि लाग्ने बताए ।

नेपाली काँग्रेस लोतन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अबको प्रतिनिधी सभा र प्रदेश सभामा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् ।  बाजुरामा थुप्रै सम्भावना भएकाले ति विकासका कार्य नेपाली काँग्रेस बाहेको विकल्प नभएको दाबी गरे।
 
देउवाले मार्तडी थामलेख कालोपत्रे गर्ने प्रतिवद्धता जनाए । जिल्लाका विद्युत स्वास्थ्यमा प्रत्येक बाजुरा बासीलाई उज्यालो बाजुरा बनाउने र स्वास्थ्यको पहुँचमा पुर्याउने बताएका छन् ।
 
सभालाई सम्बोधन गर्नेक्रममा देउवाले काँग्रेसको सरकारमा बाजुराको सडक शिक्षा,स्वास्थ्य र विद्युतलाई बढी प्रथामकिता दिदै आएको प्रधामन्त्रीको भनाइ रहेको छ । प्रधामन्त्री देउवाले पुर्वका केपी ओली र पुष्पकमल दाहालले बाजुराको विकासमा केही बोल्न नसक्ने भएकाले बाजुरामा नेपाली काँग्रेसलाई विजय गराएमा मलाई आफ्नै मानेर समस्याका बारेमा भन्दा कुनै फरक नपर्ने उनको भने।
 
सभामा प्रधामन्त्रीले बाजुरा जिल्ला अहिले दुई गाउँपालिका मात्र पिछडिएको क्षेत्र भएपछि नौ स्थानिय तहलाई पिछडिएको क्षेत्र घोषणा गर्ने बताए । चुनावी सभामा काँग्रेस सभापति तथा प्रधामन्त्री देउवाले कम्युनिष्ट गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताए ।
 
सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा चुनावी प्रचारका केन्द्रीय उपसंयोजक बद्री प्रसाद पाण्डेले अहिलेको निर्वाचनमा कम्युनिष्ट गठबन्धनले हराउन नसक्ने दाबी गरे। उनले कम्युनिष्टको गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुतले धार्नी उचाल्ने संज्ञा दिए । पाण्डेले प्रचण्ड र केपी ओलीको सरकारको स्थिर नभएको आरोप लगाए । प्रचण्डले छोरीको लागि मेयरको दाइजो मागेपछि केपीको पछि लागेको बताए  । उनले केपी र दुवैजना ठग्ने र जनताको अधिकारको रक्षामा चुनौती खडा गर्ने जिकिर गरे।
 
कम्युनिष्ट गठबन्धनको स्थीर सरकार र बहुमत सकेत ल्याउन नसक्ने केपी प्रचण्डले एकता गर्नु नै माओवादीले अध्यक्ष प्रचण्डले आफैलाई  घात गरेको बताए । प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा सेती लोकमार्ग र तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा कर्णाली करिडोर र साफे मार्तडी पक्की बनाउन पहल गरेको पाण्डेको भनाई रहेको छ । बाजुराका दुई गाउपालिका मात्र पिछडिएको घोषणा भएपनि नौ वटै स्थानिय तहलाई पिछडीएको क्षेत्र घोषणा गर्न प्रधामन्त्रीलाई आग्रह गरे।

नेपाली काँग्रेस केन्द्रीय प्रतिनिधी सभा निर्वाचन पर्यवेक्षक अरुण प्रकाश सिंह राठोरले प्रतिनिधी सभा र प्रदेश सभा जनतम संग्रह भएकाले अब अधिनायक बादको अन्त्य गर्न बाजुराबासीलाई आग्रह गर्नु भयो । नेपाली जनताले २००७ ससाल देखि अहिले सम्म नेतृत्व गर्दै आएकाले अब काँग्रेस बाहेको कुनै विकल्प नभएको रोडरको दाबी छ ।

चुनावी सभामा प्रतिनिधी सभाका उम्मेदवार कविराज पण्डितले बाजुरामा विकासका लागि एक भएर लाग्ने बताएका छन् । पण्डितले अहिले कम्युनिष्ट एकताले बाजुरामा कुनै प्रभाव नपारेको बताए  । बाजुरामा भोकमरीको समस्या भएको हुदा काँग्रेसले भोकमरी र बेरोजगारी अन्त्य गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ