arrow

शिक्षा नीति परिमार्जन गर्नुपर्छ : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर २ शनिबार
gopal_man.JPG

स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुरानो शिक्षा नीति परिमार्जन गरेर युग अनुसारको शिक्षा नीति बनाउनु पर्ने बताएका छन् । स्याङ्जाको गल्याङ्मा चुनावी सभालाई सम्वोधन गर्दै  स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उमेदवार समेत रहेका श्रेष्ठले जिवन उपयोगी शिक्षा नीति नहुँदा बेरोजगार समस्या बढेको बताएका हुन् ।

 हरेक स्थानीयतहमा अव टेक्निकल कलेज संचालन गर्ने तयारीमा सरकार रहेको पनि श्रेष्ठले बताए । सबै स्थानीयतहमा व्यवसायीक, प्राविधिक कलेज संचालन गरेर सबै युवाहरुलाई जिवनउपयोगी शिक्षा दिन सरकार लागि परेको उनको भनाई थियो । श्रेष्ठले प्छिल्लो १० वर्षको अन्तरालमा एक पटक बनेको कांग्रेस नेतृत्व सरकारले ७० वर्ष पुरानो सपना नेपालको संविधान दिएको जिकिर गर्दै कांग्रेसकै नेतृत्वमा सम्बृद्धि आउने दाबी गरेका छन् ।

कम्युनिष्ट गठबन्धन गरकै भरमा देशले सम्बृद्धि प्राप्तगर्ने भएमा माओवादीले १० वर्षे जनयुद्ध किन गर्नु परेको थियो ? नेता श्रेष्ठले प्रति प्रश्न गर्दै कम्युनिष्ट गठबन्धनको नाटक गर्नु कम्यूनिष्ट हु“ भन्न नसक्नेले सम्बृद्धिका गफदिनुको कुनै अर्थ नरहेको बताए । दुईदिन अगाडी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले स्याङ्जामा काँग्रेस प्रति गरेको सम्वोधनको कटाक्ष गर्दै श्रेष्ठले ७० को निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई नाङ्गे झार बनाएको स्मरण गर्दै चितवनका जनताले पनि यो निर्वाचनमा नाङ्गे झार बनाई दिने चेतावनी दिए । ओली र प्रचण्डले सरकारका उपप्रधानमन्त्रीले चुनावमा राज्यको सत्ता दुरुपयोग गरी निर्वाचनमा धाधली गर्न सक्ने संकेत गरेका थिए ।

प्रजातन्त्रपूर्नस्थापना २०४८ पछि देशमा भएका सबै विकास निर्माण कांग्रेसले गरेको श्रेष्ठले दाबी गरे । “माओवादी १० वर्षे जनयुद्धले १५ हजार जनताको ज्यान मात्र लिएन देशलाई २० वर्ष पछाडी धकेलेको छ ।” माओवादीवादी प्रति आक्रामक देखिएका श्रेष्ठले भने, “भत्काउन मात्र जानेका माओवादी कम्युनिष्ट गठबन्धनका नाममा सम्बृद्धिका गफदिएर हिडेका छन् ।”

नेताश्रेष्ठले जनताबाट पटक पटक अनुमोदित भएर मन्त्री बन्दा आफूले स्याङ्जा जिल्ला भरको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । कालीगण्डकी, आ“धीखोला र ज्याग्दीखोलामा बनेका पक्कीपुल, जिल्लाभर रहेको सडक सञ्जाल, विद्यालय, स्वास्थ्य संस्थाहरु, सरकारी तथा गैरसरकारी भवनहरु आफ्नै पहल र सक्रियता बनेको नेता श्रेष्ठको भनाई थियो ।

जिल्लाका विभिन्न भागमा सभा र घरदैलो गर्दै आएका नेता श्रेष्ठले भीरकोट नगरपालिकाका वडाहरुमा समेत घरदैलो गरेका छन् । कांग्रेसी मतदाताबहुल क्षेत्रकाउम्मेदवार श्रेष्ठ २०४८, २०५६ र २०६४ त्यसै क्षेत्रबाट निर्वाचित र २०५१ मा बागि उम्मेदवारका कारण हार र २०७० समानुपातिकतर्फबाट सांसद भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ