arrow

चुनावविरुद्ध वितण्डा मच्चाउने सय बढी पक्राउ 

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
arest-new-a.jpeg

काठमाडौं । चुनाव विरोधी गतिविधिमा संलग्न सय बढी पक्राउ परेका छन् । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले विभिन्न जिल्लाबाट सय बढी प्रक्राउ परेका जानकारी दिए । 

पक्राउ परेका अधिकांश निर्वाचन बहिस्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता छन् । 

पछिल्लो समय निर्वाचन विरोधी समूहले रोल्पामा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका रोल्पा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभा उम्मेदवार कुलप्रसाद केसी, भोजपुरमा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राई, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ, नुवाकोटमा काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा रामशरण महत र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका उम्मेदवामाथि आक्रमण गरेको छ । 

प्रवक्ता दुवाडीले निर्वाचन विरोधी समूहले केही स्थानमा लुकिछिपी आक्रमणका घटना घटाए पनि त्यसलाई नियन्त्रण गर्नका लागि मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको बताए । 

उनले भने, “हाम्रो चाहना घटना हुनै नदिनु हो, घटना भइहालेमा तत्काल सुरक्षा निकाय त्यहाँ पुगी राहत तथा उद्धारमा लाग्न तथा दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छौँ ।” 

उनले जनताको मतदानको अधिकारलाई कुनै पनि नाममा अवरोध र हस्तक्षेप गर्ने कार्य मन्त्रालयलाई मान्य नहुने स्पष्ट पारे । दुवाडीले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको भन्दै ढुक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ